राष्ट्रिय

नयाँ सरकारमा बादल गृहमन्त्री बन्ने

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आज बिहान भेटवार्ता भएको छ । भेटमा प्रचण्डले रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने जानकारी दिएका छन् । यो सगै नयाँ सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ । भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ...

Read More »

कांग्रेस संसदीय दलको नेता चयनका लागि चुनाव हुने

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनका लागि फागुन २१ गते चुनाव गर्ने निर्णय गरेको हो । यस्तै बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । ...

Read More »

चितवनमा प्रचण्डको सम्पर्क कार्यालय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको हाकिम चोकमा सम्पर्क कार्यालय खोलेका छन् । चितवन ३ का जनप्रतिनिधि प्रचण्डले भरतपुर महानगरपालिका–९ स्थित हाकिम चोकमा आइतबार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताए ।

Read More »

गृहमन्त्रिका आकांक्षि बढ्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

आकांक्षि बढेपछि माओवादिभित्र गृहमन्त्रि को बन्ने भन्ने विषय चुलिएको छ । यसैकारण माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा समस्या बढेको हो । माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको ...

Read More »

प्रदेश नम्बर पाँचको बैठक स्थगित

आइतबारका लागी तय भएको प्रदेश नम्बर पाँचको बैठक स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव मानवहादुर विश्वकर्माका अनुसार प्रदेश सभामा छलफल गर्ने विषयबस्तुको तयारी नपुगेका कारण आइतबारको बैठक स्थगित भएको हो । आइतबार बस्ने भनिएको बैठकबाट स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक नियमावली सम्बन्धी विधेयक पारित गर्ने ...

Read More »

कांग्रेसमा पौडेल पक्षका विद्यार्थी नेता कार्यकर्ताहरुको धर्ना

नेपाल विद्यार्थि संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेताकार्यकर्ताहरु धर्नामा बसेका हुन् । नेतृत्वले नेविसंघलाई विधिपूर्वक नचलाएकाले पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नेता दीपक भट्टराईले बताए । धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो ...

Read More »

संसद् भवनका लागि महानगरले जग्गा उपलब्ध गराउने

प्रदेश नम्बर १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । महानगर परिषद्को बोर्ड बैठकले विराटनगर–८ स्थित हाट खोला मैदानमा संसद् भवन निर्माण गर्न डेढ विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को संसद् बैठक जिल्ला समन्वय समितिको हलमा बस्दै ...

Read More »

नेपालले विद्युतीय लाइनमार्फत चीन र भारतलाई जोड्ने

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पूर्वको किमाथांकाबाट चीन ...

Read More »

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ‘ माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि ...

Read More »

प्रदेश ६ को नाम कर्णाली

प्रदेश ६ को नाम कर्णाली राखिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गरेका हुन् । प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत छ । अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com