गृहमन्त्रिका आकांक्षि बढ्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

आकांक्षि बढेपछि माओवादिभित्र गृहमन्त्रि को बन्ने भन्ने विषय चुलिएको छ । यसैकारण माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा समस्या बढेको हो ।

माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद छ । प्रचण्ड वर्षमानलाई गृहमन्त्री बनाउनुपर्ने दबावमा छन् ।
बादल र वर्षमानको लडाइमा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमा पुनः बाजी मार्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीको चाहना पनि बादल वा वर्षमानभन्दा जनार्दन गृहमन्त्री भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने ढंगले आएको माओवादी हेडक्वार्टर स्रोतले जनाएको छ ।

माओवादीको बैठकले प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामहादुर थापा वादललाई मन्त्रीहरुको नाम टुंगो लगाउने अख्तियारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com