Typingगर्न समेत नआउने TUका कर्मचारी,, नक्कली जस्तो सर्टिफिकेट दिएपछि विद्यार्थी तनावमा… भन्छन् यस्तो डिग्रीले म के गरुँ ?

देशकै ठुलो अनि प्रतिष्ठित शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयका अनेक बेथिति अनि विद्यार्थीका गुनासा सुनिसकेपछि वास्तविकता के रहेछ भनेर बुझ्न हाम्रो ‘मिथिला नेपाल टेलिभिजन’को टिम त्यहाँ पुग्यौ । त्यहाँ पुगिसकेपछि साँच्चै नै टियुका कारणले ति विद्यार्थीले भोगेका दुख कति सत्य र पिडादायी छन्् भनेर हामीले देख्यौं,बुझ्यौ र महशुस ग¥यौं ।

त्यहाँ कार्यरत कर्मचारी र पदाधिकारीको मनमौजी ,लापरवाही कति हो कति .. कलेजमा भर्ना भईसकेपछि नियमित कलेज पढ्न जानुपर्ने हो तर त्यहाँ आफ्नो अध्ययन पुरा गरिसकेर प्रमाणपत्र लिनका चाँही विद्यार्थीले महिनौंदिनदेखि धाउनुपरेको देखियो ।

जिम्मेवार पदाधिकारीहरु कार्यालयभित्र लुकामारी खेलिरहेका थिए….हामी त्यहाँ पुग्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईलाममा रहेको एक क्याम्पसबाट स्नातकको अध्ययन पुरा गरेकि एक छात्रा टियुको परिक्षा नियन्त्रण कार्यालयको गेटमा निराश भएर उभिरहेकी थिईन् । के कामका लागि आउनुभएको हो भन्दा उनले भनिन् ‘ म स्नातकको ट्रान्सक्रिप्ट लिन आको हो । हेर्नुन….म ईलामदेखि यहि ट्रान्सक्रिप्टका यहाँ ६/७ पटक धाईसके तर मैलें मेरो ट्रान्सक्रिप्ट पाएको छैन । ट्रान्सक्रिप्ट हातमा नहँुदा फरदर स्टडिको लागि कलेजमा एडमिसन हुन पनि पाको छैन ।’
उनले हरेक पटक आउँदा कर्मचारीले कहिले सर्भर डाउन भयो ,कहिले के कहिले के भन्दै अनेक बाहाना गराएर कामै नर्गदिने गरेको बताईन् । ‘अरु त कुरै छोड्दिनुस् मेरो कलेजबाटै सरहरुले कतिपटक कुरा गर्दिसक्नुभयो तर यहाँ आउँदा कर्मचारीले राम्रोसंग बोल्दा पनि बोल्दैनन् …अरु भन्दा मेन्टल्लि रुपमा टर्चर पनि त हुन्छनि हामिलाई.. अब काम पनि भएको छैन ’।
हुनत एउटा ट्रान्सक्रिप्टको लागि ५५० रुपैंया शुल्क तिर्नुपर्छ तर त्यहि एउटा ट्रान्सक्रिप्ट पाउन महिनौं दिन आहोर दोहोर गर्नुपर्दा ति विद्यार्थीको कति खर्च हुन्छ होला ? झन् काठमाडौं बाहिरका विद्यार्थीलाई कति समस्या होला ?

कार्यालय परिसरममै एमआईटी गरेका विद्यार्थी आफ्नो प्रमाणपत्र हातमा लिएर कहिले यो कोठा त्यो कोठा गर्दै भौतारिरहेका देखिए । पछि थाहा थयो २६ वर्ष दिनरात मेहेनत गरेर बल्लतल्ल हातमा परेको उनकोे शैक्षिक प्रमाणपत्र नै त्रिभुवन विश्वविद्यालयले नक्कली बनाईदिएछ । ‘ यो हेर्नुस् मेरो प्रमाणपत्र…. म २०१९ मा टियुमा मास्टर्समा भर्ना भएको हुँ तर यहाँ २०१७ भनेर राखिएको छ । क्गदवभअत हेर्नुस् पुरै गलत छ । म एमआईटी गरेको विद्यार्थी म बाहिर जाउँला या नेपालमै बसँुला तर यो नक्कली सर्टिफिकेटले म के गर्नु ? त्रिभुवन विश्वविद्यालयले नै मेरो नक्कली डिग्री बनाईदेको छ । आफ्नो प्रमाणपत्र हेर्दा म आफैलाई लाज लागिरहेको छ भने अरु अब्जरभरले हेर्दा के भन्छ ? यो नक्कली डिग्री हातमा बोक्दा के विश्वबजारले मलाई पत्याउँछत ? यस्को केहि भ्यालु छ त ? ’
यस्तो टेक्नोलोजीको जमानामा एउटा शुद्ध टाईपिङ गर्न समेत नआउने कर्मचारी नियुक्त गरिँदा उनलाई उदेक लाग्छ । ‘अब हेर्नुस् यो विश्वमै नेपाललाई चिनाउने एकमात्र विश्वविद्यालय,जति नै अरु विश्वविद्यालय भएपनि संसारले त यसलाई मान्छ तर हेर्नुस् एउटा शुद्ध टाईपिङ गर्ने सम्मका कर्मचारी यहाँ छैनन् ।अरु के भन्नु ? जिरो….जिरो क्यापासिटिका कन्टोलर ,रजिस्टारले गर्दा यो सबै भन्द्रगोल छ । खै टियु जस्तो शैक्षिक धरोहरमा टेक्नोलोजी ? खोई त्यहि क्यापासिटिका कर्मचारी ?’

ट्रान्सक्रिप्टकै लागि ३ महिनादेखि धाईरहेकि एक छात्रा निराश हुँदै फर्कदै थिईन् । ‘कहिले सर्भर डाउन भयो भन्नुहुन्छ, कहिले १२ दिनपछि आउनु भन्नुहुन्छ । आज पनि सर्भर डाउन भयो रे कहिले बन्ने थाहा छैन ।’ यस्तै लापरवाहीका कारण +२ पछि विद्यार्थीहरु विदेश जान थालेको उनलाई लाग्छ । ‘ समयमै रिजल्ट आउँदैन …यतिका समय हाम्रो त्यतिकै धबकतभ हुन्छ , कति लोकसेवा आयोगको आवेदन खुलाईरहेको हुन्छ डकुमेन्ट नहँदा त्यो नि लड्न पाउँदैनौ ,बाहिर जानुपनि बाध्यता नै भईसक्यो अहिले …त्यसैले पनि +२ पछि नै बाहिर जाने ट्रेन्ड शुरु भएको जस्तो मलाई लाग्छ .. ।’

प्रमाणपत्रका लागि एउटा विद्यार्थीले यति धेरै दुख पाउनु बिडम्बना रहेको भन्दै एक विद्यार्थी गुनासो पोख्दै थिए । ‘हामी एउटा डकुमेन्टको लागि यति धरै दिन धाउनुपर्छ । यो एकदम दुखको कुरा हो । यसले हामीलाई एकदमै डिमोटिभेट गरेको छ । ’

टियुका कर्मचारी जति अल्छि ,गैरजिम्मेवार अरु कोही पनि नरहेको एक विद्यार्थी नेताले बताए । ‘यहाँका कर्मचारी ,पदाधिकारी यति अल्छि छन् कुरै नगर्नस् ..रेस्पोन्सिबिलिटि भन्ने चिज नै छैन यहाँका कर्मचारीमा….।’ टियुका कर्मचारीलाई कालोमोसो त धेरै कम नै हुन्छ आगो नै लगाउँदा पनि फरक नपर्ने भन्दै उनले आक्रोश व्यक्त गरे ।

विद्यार्थीहरु राजनितिमा लागेर होकि यस्तो भएको भन्दा उनि भन्छन् ‘विद्यार्थी राजनितिमा लागेर बिग्रेको होईन.. हामीले त विद्यार्थीकै आवाज उठाउने हो । यहाँ कार्र्यरत कर्मचारी र शिक्षकहरु नै राजनितिक संगठनमा जोडिएकाले टियुको अवस्था यस्तो भएको हो ।’ उनि थप्छन् ‘ आफ्नो पार्टी निकटलाई एउटा अनि अरुलाई फरक व्यवहार गर्छन यहाँका शिक्षक ,कर्मचारीहरु ….।’

कुनै समय त्रिभुवन विश्वविद्यालयलाई उज्वल भविष्यको रेखा कोर्ने मार्ग मान्ने गर्दथे विद्यार्थीहरु ..जुन विश्व विद्यालयलयमा अध्ययन गर्न विद्यार्थीहरु लालायित हुन्थे , त्यहाँ पढ्दा गर्व मान्ने गर्दथे तर अहिले उच्च शिक्षाका त्यहि विश्वविद्यालयलाई रोजेकोमा पछुताईरहेका छन् विद्यार्थीहरु…. ।

यहि विश्वविद्यालयका कारण अहिले विद्यार्थीहरुको भविष्य अन्धकार बन्न थालेको छ ।
देशको ठुलो शैक्षिक धरोहरमा भद्रगोल नै भद्रगोल छ । बेथिति नै बेथितिको फोहोरले लतपतिएको छ टियु … विद्यार्थीको चासो,चिन्ता कसैमा पनि देखिदैन न त त्यहाँ कार्यरत कर्मचारी पदाधिकारीमा शिक्षा क्षेत्रको अनुभव नै देखिन्छ ।

शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनितिको र पनि नमिसिनुपर्ने हो तर बिडम्बना राष्ट्रकै ठुलो शैक्षिक धरोहर टियुमा जति राजनिति अन्त कहाँ होला र ?
एउटा शाखामात्रै होईन टियुका हरेक शाखामा लापरवाही नै लापरवाही छ । जता ह¥यो राजनिति नै राजनिति…. उपकुलपतिदेखि डिन,कन्टोलर,रजिस्टार,शिक्षक,कर्मचारी,पदाधिकारी सबै सबै राजनितिक नियुक्ति .. नातावाद कृपावाद भनेको वास्तवै के हो टियुका कर्मचारी र पदाधिकारीलाई हेरे पुग्छ ।

कहिलेकाँही गल्ति हुनु मानविय त्रुटि हुनसक्छ तर त्यहि गल्ति बारम्बार दोहोरिनु लापरवाहकिो पराकाष्ठा हो । राजनितिक पहुँच र दलगत संरक्षणका आधारमा नियुक्ति भएका कर्मचारीले जति लापरवाही गर्दा पनि उन्मुक्ति पाउँछन् ।
त्यसैले पनि सामान्य टाईपिङ गर्न समेत राम्रोसंग आउँदैन तर आफु निकट नेतृत्व सरकारमा आएकि पुगिहाल्छान् पद ओगट्न…..।
विद्यार्थीले भने करिब साढे १५ हजार कर्मचारी कार्यरत हुँदा पनि एउटा रजिस्टरस्लिप हराउँदा हप्तौंदिन धाउनुपर्छ ।

टियुका कारण विद्यार्थीले पाएको दुख र सास्ति भनि साध्य छैनन् गनि साध्य छैैनन् । समयमा परिक्षा नहुनु र समयमै नतिजा प्रकाशन नहुनु त अहिले टियुका विद्यार्थीलाई सामान्य जस्तै लाग्न थालिसक्यो तर बल्ल तल्ल अध्ययन पुरा ग¥यो प्रमाणपत्र समेत समयमै हातमा नपर्दा न त कतै जागिरका लागि प्रोसेस गर्न सक्छन् न त बाँकी अध्ययन पुरा गर्न कलेजमा भर्ना हुन नै पाउँछन् ।

एउटा उत्तरपुस्तिका समेत सुरक्षित राख्न नसक्ने टियुले विद्यार्थीको भविष्य सुनिश्चित गर्ला भन्ने आशा विद्याथीलाई लाग्नै छाडिसक्यो । कहिले परिक्षा दिनु ? कहिले नतिजा आउनु ? कहिले प्रमाणपत्र पाउनु ? कहिले जागिर खानु ?
३ वर्षे स्नातक ४ वर्ष पुग्यो ..अहिले त्यहि ४ वर्षको स्नातक पासआउट हुँदा विद्यार्थीको ७/८ वर्ष खेर जान्छ । त्यसैले पनि उच्च शिक्षा अध्ययन गर्न टियुमा भर्ना हुनुभन्दा बरु खाडी जानु उचित लाग्न थालिसक्यो विद्यार्थीलाई…। अध्ययन सकिसकेपछि पाएको नतिजाले विद्यार्थी र अभिभावकलाई गर्व होईन पछुतो लाग्न थालेको छ आजकाल …।

उज्वल भविष्यको आधार ‘शिक्षा’ अहिले विद्यार्थीको डिप्रेसनको कारण बन्दै गएको छ । अध्ययन पुरा गर्दागर्दै लागेको समय,अध्ययन सकिएपछि पनि आफुले पाएको डिग्री सिरानीमा राखेर सानोतिनो जागिरका लागि पनि गल्लि गल्लि भौतारिनुपर्ने पिडादायी अवस्थालाई सामना गर्न नसकेर कति विद्यार्थीले बिचमै पढाई छाडेर विदेशिन बाध्य भएका छन् भने कोही दुव्र्यसनिको शिकार बन्ने गरेका छन् । कतिले त आत्महत्याको बाटो नै रोज्ने गरेका छन् ।

तर विद्यार्थीका यतिका समस्या र गुनासा हुँदा पनि थाहा छैन शिक्षा मन्त्रालय कुन दुलोमा लुकेर बसेको छ ? शिक्षा क्षेत्रमा यति धेरै बेथिति हुँदा पनि खै कता छ ? अनि के हेर्दै छ शिक्षा मन्त्रालय ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com