वैदेशिक रोजगारको असरः स्वदेश फर्किदा न सम्पत्ति रहन्छ न त परिवार नै…. वैदेशिक रोजगारीले समाजमा आर्थिक समृद्धि ल्यायो तर त्यो आर्थिक समृद्धिले समाजमा के ल्यायो ?

पछिल्लो समय नेपालमा विदेश जानेको लर्को देखिन्छ । उच्च शिक्षा अध्ययनका लागि होस् या रोजगारीका लागि विदेश नै नेपाली युवाको पहिलो रोजाई बन्ने गरेको देखिन्छ ।

विशुद्ध शिक्षाका लागि भन्दा पनि रोजगारीकै लागि विदेशिनेको संख्या उच्च छ । बस् माध्यम मात्र केहि फरक अपनाउने गरेको देखिन्न्छ । कोही शिक्षाको नाममा ,कोही घुघुम्ने बहानामा त कोही रोजगारीकै लागि भनेर विदेशिने गरेका छन् । जो जसरी गएपनि उद्देश्य भनेको आर्थिक रुपमा बलियो बन्नु हो अर्थात पैसा कमाउनु हो । यसका लागि शिक्षित तथा हातमा केहि सिप भएका युवाहरु युरोपका देशहरुलाई आफ्नो सपना बनाउँछन् भने हातमा केहि सिप नभएका ,शिक्षाको कमि भएका युवाहरुको गन्तव्य खाडी देशहरु बन्ने गर्दछन् ।

यसरी विदेशिएका युवाहरुले बर्षेनी रेमिट्यान्स् त पठाउने गरेका छन् तर यहि वैदेशिक रोजगारीकै कारण अहिले नेपाली समाज पनि विथोलिदै गएको देखिन्छ । खुशि र सुखी घरपरिवार बनाउने, भविष्य उज्जवल बनाउने ,समाजमा छुट्टै मान मर्यादा कमाउने यस्ता अनेकौ सपना बनुेर युवाहरु विदेसिन्छन् तर विदेश पछिल्लो समय वैदशिक रोजगार मानिसहरूका लागि आयआर्जन र आर्थिक उन्नतिको बाटो कम समाजमा अनेकौँ विकृति विसङ्गति भित्र्याउने माध्यम बढी भएको छ । वैदेशिक रोजगारी सामाजिक विखण्डन, एक्लोपन, सम्बन्धविच्छेद, निराशापन मात्रै होईन अनेकौ रोग तथ आत्महत्याजस्ता जटिल सामाजिक समस्या निम्त्याउने कारण बन्दै गएको छ ।

देशमा बस्यो रोजगार छैन,बल्ल तल्ल सानोतिनो काम पायो त्यसमा पनि श्रमको उचित मुल्य नै हुँदैन सम्मान त धेरै परको कुरा भईहाल्यो… । स्वदेशमै कामको सम्भावना नदेखिएपछि आम युवाहरूको पहिलो रोजाइ नै वैदेशिक रोजगारी बन्नु नेपाली समाजमा स्वभाविक लाग्न थालेको देखिन्छ । घरसम्पति धितो राखेर भएपनि युवाहरु विदेशिन थालेका छन् । देशमा मध्यम वर्गिय परिवारको वर्चश्व भएकाले पनि होला अधिकांश नेपाली युवाहरू रोजगारीको लागि दुबई, कतार, मलेसिया, कुवेत, साउदी अरब जस्ता मुलुकतिर गइरहेका छन् । लागत पनि अन्य युरोपेलि देशहरुको तुलनामा केहि कम लाग्ने भएकाले नेपालीहरु जति नै चुनौति भएपनि यस्ता मुस्लिम देशहरुमा जाने गरेका छन् । यसरी रोजगारीको खोजीमा विदेसिने नेपाली युवाहरूको सङ्ख्या दिनदिनै बढिरहेको देखिन्छ ।

पुरुष मात्र नभई पछिल्लो समय वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या पनि बढ्दो छ । देशमा बस्यो अवस्था त्यहि विदेशमा पनि कहाँ सजिलो छ र ? कोही विदेशमा गएर भोग्नुपर्ने विविध समस्या, चुनौती तथा सम्भावनाका बारेमा अनविज्ञ हुँदाहुँदै पनि पुग्छ्न भने अधिकांश युवाहरू अनभिज्ञ हुँदाहुँदै पनि विदेश पुग्छन् । आफ्नो देशमा जस्तो अर्काको देशमा हुँदैनन् । त्यसैले पनि विभिन्न नियम कानुनका बारेमा जानकार नहुँदा पनि विदेशमा नेपालीले अनेक दुख भोग्ने गरेको छन् । त्यति त्यति हुँदा हुँदै पनि घर,परिवार,बालबच्चा सम्झेर दुख झेलेरै भएपनि विदेश बस्न बाध्य छन् नेपाली युवा…। यसरी अनेक दुखः,कष्ट झेलेर युवाले परिवार पाल्छन् ,देशलाई रेमिट्यान्स पठाउँछन् तर त्यहि दुखकष्टलाई घरपरिवारले नबुझिंदिदाँ,राज्यले नसम्झिँदा नेपाली युवाहरु उज्ज्वल भविष्यको महशुष होईन विकराल,परिस्थितिको समाना गर्न बाध्य भएका छन् ।

वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले देश त चलिरहेको छ । सबैको घर पनि राम्रैसँग चलेको होला तर वैदेशिक रोजगारमा गएपछि परिवारका सदस्यबिचको सम्बन्धमा के कस्तो परिवर्तन आएको छ ? हामीले कहिल्यैं नियालेका छौं । देशमा बसेर सामान्य घरधन्दा चलाउन, छोराछोरीको लालनपोषण गर्न पनि नसकिने अवस्था आएपछि अहिले अधिकांश नेपाली परिवारमा सके दुवैजना नसके श्रीमान वा श्रीमतिमध्ये एकजना कमाउनका लागि विदेशिन बाध्य छन् । तर उमेर हुन्जेल मरिमेटि परदेशमा दुख ग¥यो स्वदेश फिर्ता हुँदा न कमाएको धन बच्छ न त परिवार नै……श्रीमान विदेश गएका छन् भने घरमा श्रीमति स–साना लालाबालालाई बिचल्ली बनाएर अर्कैसंग हिड्ने गरेका छन् । त्यो पनि श्रीमानले कमाएको,विदेशबाट पठाएको सबै धनसम्पति सोरसार गरेर…त्यति नगरे छोराछोरीलाई होस्टेलमा राखेर आफु चाँही परपुरुषसंग लागेर मोजमस्तिमा रम्ने पनि उत्तिकै भेटिन्छन् । समाजमा छोराछोरीले पढेनपढेको,अथावा कुलतमा फसेका छन÷छैनन्् केहि वास्ता छैन तर श्रीमानले खाडीमा चर्को घाममा मरिमेटि पसिना बगाएर कमाएको पैसा अर्कै नाठोलाई पोसाउने पनि देखिन्छन् ।

यस्तै श्रीमति वैदेशिक रोजगारीमा गएकाका श्रीमान पनि यता घरमा छोराछोरीका बिचल्ली पारी अर्को बिहे गरेर मोजमस्तिमा रमाउने पनि उत्तिकै देखिन्छन् अहिले नेपाली समाजमा …
बाबुआमाका यस्तै हर्कतका कारण बालबालिकाकोे पढाई बिग्रिने, कुलतमा फस्ने ,दुव्र्यवहारको शिकार हुने गरेका छन् ।

कुनै समय सम्बन्ध÷ नातालाई सिरोपर्य गरेर एकअर्कालाई आदर सम्मान, ईज्जत गर्ने नेपाली समाजमा अहिले नाता सम्बन्धकै अस्तित्व मेटिदै गएको छ । यति सम्मकि आमा सम्मानकी भाउजुलाई गिद्दे नजर लाउन देवर हिचकिचाउन छाडे, बहिनीको नाता लगाउँदै बलात्कार गर्ने दाई बढे, आफै छोराको उमेरको युवकसंग शारिरिक सम्बन्ध राख्न महिला तयार हुन थालिन,आफैले जन्माएको छोरी समेतलाई पशुले झै आफ्नै बाउले झम्टिन थाले …. अब एक पटक सोचौं त कता जाँदै छ हाम्रो समाज ?

वैदेशिक रोजगारीले दिएको आम्दानीलाई सदपयोग गर्ने समाजमा १० प्रतिशत जति मात्रै नेपाली होलान् तर ९० प्रतिशत ….? वैदेशिक रोजगारीले समाजमा आर्थिक समृद्धि ल्यायो तर त्यो आर्थिक समृद्धिले समाजमा के ल्यायो ?
यस्तै अवस्था रहि रहे हाम्रो देशको सामाजिक र पारिवारिक संरचना कस्तो होला ? यसले भविष्यमा के कस्तो समस्या र चुनौती निम्त्याउँला ? अनि के राज्य पक्ष यसप्रति गम्भीर छ त ?

THIS IS ADD AREA
x

Check Also

सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..

सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ ...

Social Media Auto Publish Powered By : XYZScripts.com