बजारमा छ्याप्छयाप्ति नक्कली रक्सि बेचिदै ,, ब्रान्डेड रक्सिको नामले ज्यानै जाला है…. चलेको ब्रान्ड,सक्कली सरकारी स्टिकर,महँगो मुल्य तर भित्र मान्छेको ज्यानै लिने केमिकल

बजारमा अहिले जताततै छ्याप्छयाप्ति नक्कली रक्सि पाईन्छ । फाईबस्टार होटेल होस् या ठुलाठुला मल, साना होटेल, किराना पसल होस् या पानपसल नै जताततै अहिले रक्सिको कारोबार हुन्छ । बजार नियाल्ने हो भने किराना पसलमा बरु प्याजको सर्टेज हुन सक्ला तर रक्सि त पाईन्छ पाईन्छ । यसरी जताततै रक्सि पाईएपछि खानेलाई त ढुंगा खोज्दा देउता मिले जस्तो भईहाल्यो । नखानेलाई समेत तलतल शुरु हुन्छ । नाम छ ब्रान्डेड, अन्तः शुल्क स्टिकर टाँसेकै छ अनि खान मन लागे जहाँ खोजे पनि तुरुन्तै किन्न पाईहाल्ने त्यति भए उपभोक्तालाई अरु के चाहियो र ?

यसरी ब्रान्डेड भनेर बजारमा खुलेआम बेचिने नक्कली रक्सिले उपभोक्ताको ज्यानै लिईरहेको छ । स्वयंम उपभोक्ताले समेत सरकारले सक्कली र नक्कली रक्सिको कारोबारीलाई सहि तवरले निरिक्षण गरि कारबाही गर्न नसक्दा उपभोक्ताले महँगो मुल्य तिरेर पनि नक्कली रक्सि पिउन बाध्य भएको बताउँछन् । एक उपभोक्ताले भने ‘अब हेर्नुस् ….नेपालीहरुलाई अहिले यति देखासिखिको लत लागेको छ कि साथीभाईको बिच आफुलाई अलि उचो देखाउन पनि महँगा महँगा रक्सि सेवन गर्ने गरेका छन् । यो उपभोक्ताकै पनि कमजोरी हो । अहिले उपभोक्तालाई जुन चिज अलि बढि पैसा पर्छ त्यो मात्रै राम्रो क्वालिटिको हो भन्ने भ्रम छ । त्यसमा सरकारको झन् कुरै गरि साध्य छैन् । तपाईलाई थाहै छ हाम्रो सरकार र हाम्रा नितिनिर्माता कस्ता छन् भनेर अरु त के नै भन्नु र ?’

उहाँ थप्नुहुन्छ ‘म त सरकारलाई के अनुरोध गर्छु भने कि त रक्सिको कारोबार पुरै बन्द गर्नुप¥यो ..होईन भने हाम्रो परम्परादेखिनै उत्पादन गर्दै आएको लोकल रक्सिलाई नै गुणस्तर बढाएर ब्रान्डिङ गर्नु पर्छ । कमसेकम् स्थानिय उत्पादनमा केके प्रयोग गरिन्छ भन्ने त हामीलाई थाहा हुन्छ । अब हेर्नुस् है …आजकाल मान्छेहरुलाई सिलप्याक खाने बानी प¥या छ । त्यसमा के के मिसाको हुन्छ भन्ने उनिहरुलाई थाहा हुँदैन । त्यसैले हो ज्यान जाने । गाउँघरको लोकल रक्सि त औषधिको रुपमा पनि प्रयोग हुन्छ । त्यहि लोकल खाएरै मान्छेको ज्यान गाको भन्ने कतै सुन्नु भाछ ? ’ सरकारले देशको ढुकुटि बढाउने नभई घटाउने काम गरेको उहाँको भनाईं छ । ‘यसले देशकै आर्थिक पक्षमा कति फरक पार्छ भन्ने सरकारले ध्यान देको छैन् । के कुरा गर्नु र ? यसैले त हाम्रो देश पछाडि पर्दै गाको छ । ’

अर्का एक बुज्रुग व्यक्तित्व भन्नु हुन्छ । ‘चाहे सक्कली होस् या नक्कली यो खाने चिजै होईन । उपभोक्ताले आफ्नो स्वास्थ्यको हित हुने कुरा पो खाने हो । रक्सि नखाई नहुने चिज पनि त होईन । मैंले नि खान्थे नखाने होईन तर जब मैंले पनि रक्सिमा अनावश्यक केमिकलहरुको प्रयोग हुन्छ भन्ने थाहा पाए आफुले पनि केहि हदसम्म देखे । त्यहाँदेखि चटक्कै खान छोडे । अरुलाई पनि भन्छु यो खाने चिजै होईन । ’

अर्का एक उपभोक्ता सरकारको अनुगमन जहाँ हुनु पर्ने हो त्यहाँ नभएको बताउनुहुन्छ । ‘ सरकारले जहाँ अनुगमन गर्नुपर्ने हो त्यहाँ गर्दै गर्दैन ,साना साना पसल मा मात्रै होईन , रक्सिकै कारोबार गर्न सरकारबाट लाईसेन्स लिएर कारोबार गर्नेहरुले पनि नक्कली रक्सि कारोबार गरेको हुन सक्छन् । सरकारलाई कर तिरेछु हाम्लाई त के गर्न सक्छर भन्ने पनि होला … यसले गर्दा पनि बजारमा नक्कली रक्सिको कारोबार बढेको हुन सक्छ । ’

यता सरकारबाटै अनुमति लिएरै कारोबार गरिरहेका मदिरा व्यापारीहरु समेत सरकारको कामप्रति असन्तुष्ट छन् । काठमाडाकोैं बत्तिसपुतलिमा मदिरा व्यापार गर्दै आएका एक व्यापारीले सरकारको अनुगमन नाम मात्रैको भएको बताए । ‘सरकारको अनुगमन त अब के हुन्छ ,त्यो त तपाई हामीलाई थाहा भएकै कुरा हो नि , अरु के नै भन्नु र ?’ वास्तविक अनुगमन गर्नुपर्ने ठाउँमा सरकारले अनुगमन नगर्ने तर सरकारकै अनुमति लिएर कारोबार गरिरहेका व्यवसायीलाई भने निरुत्साहित नै गर्ने गरेर दुख दिने गरेको उनको गुनासो छ ।

काठमाडांैकै भिमसेनगोलामा वर्षौदेखि मदिराको व्यवसाय गर्दै आएका एक व्यवसायीले सरकारको लापरवाहीकैै कारण बजारमा नक्कली रक्सिको कारोबार बढेको आरोप लगाए । ‘अब हेर्नुस् हामीले तर सरकारको अनुमति लिएर राजश्व तिरेर कारोबार गरिरहेका छौं , तर त्यस्ता कयौं पसल छन् जसले बिना दर्ता गल्लि गल्लिमा यसरी मदिरा बेचिरहेका छन् । कुनै रक्सि हामीले खरिद गर्दा ४००० हालेर खरिद गर्छौ भने उनिहरुले भ्याटस्याट केहिपनि नतिरि २०००÷२५०० मा ल्याउँछन् । स्वभाविकै त्यहाँ उपभोक्तालाई पनि अलि सस्तो मुल्य पर्ने भई नै हाल्यो । हो…त्यसैगरि हो नक्कली रक्सिको कारोबार बढ्ने .. सरकारले निश्चित ठाउँमा,अनुमति लिएर मात्र कारोबार गर्ने पाउने नियम बनाई कडाई गर्न सक्नुपर्छ ।’
उनले सरकारले आफुहरुको कारोबारमा शंका लागे अनुगमनका लागि आउन पनि सरकारलाई आह्वान गरेका छन् । ‘ सरकार यस विषयमा निकै नै कडा हुन जरुरी छ ।’

हाम्रो मिथिला नेपाल टेलिभिजनको टिमले गरेको बजार अनुगमनमा व्यासायी र उपभोक्ताहरुको यस्तो प्रतिक्रिया आईरहँदा उपभोक्ताको हितकै लागि खटिनुभएका महानिर्देशक तिर्थराज चिलुवालले भने आफुलाई यसविषयमा कुनै जानकारी नभएको बताए । ‘अन्य वस्तुको त थाहाँ भयो ,तर जहाँसम्म यो नक्कली रक्सिको कुरा छ यो म पहिलो पटक सुन्दैछु । ’ कठै मेरो देश उपभोक्ताको हितकै लागि नियुक्ति भएका हाकिमले यसो भनिरहँदा नेपाली बजार र उपभोक्ताको अवस्था वास्तवमै के छ भन्ने अन्दाज लाउन त्यति कठिन छैन । त्यति मात्रै होईन महानिर्देशक चिुवाललाई नेपाल सरकारबाटै उपभोक्ता हितका लागि खटाईएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यसोभए बजार अनुगमन नै गर्दैन त ? भनेर सोध्दा चिलुवाल भन्नुहुन्छ ,तपाईं रगत परिक्षण गर्दा स्याम्पल दिनुहुन्छ कि शरिरमा भएको शतप्रतिशत रगत नै परिक्षण गर्नुहुन्छ ? हो हामीले पनि नमुना परिक्षण गरेर मात्रै अनुगमन गर्छौ । महानिर्देशक ज्यु आफुलाई बचाउन कुरा किन घुमाउनु हुन्छ बरु सिधै भन्नुस् न कि तपाईंहरुको अनुगमन घाँस देखाएर खसि काटे जस्तै मात्रै हो भनेर । यसो केहिदिन दुईचारवटा पसल चाहा¥यो ,अनुगमन ग¥या जस्तो ग¥यो ,सकियो । एउटा तलतल मेटाउन खोज्दा उपभोक्ताको ज्यानै जान्छ …. तर सरोकारवाला कुनैपनि निकायलाई यसमा हेक्का छैन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अवदेश विष्ट यसरी नक्कली रक्सिको कारोबार गर्ने गिरोह कारबाहीको दायरामा ल्याएको बताउनुहुन्छ । तर सर कति दिनको लागि ? उहाँ भन्नुहुन्छ नेपाल प्रहरीको सुचना संयन्त्र कडा छ तर एउटै अपराधमा संलग्न नेपाली गिरोहलाई पक्राउ गर्न सक्ने प्रहरीले भारतिय गिरोहलाई पक्राउ गर्न सक्दैन । किन ? प्रहरी पुग्नुभन्दा अघि नै प्रहरी आउन लागेको सुचना अपराधिसम्म पुग्छ ..कसरी ? के यहि हो प्रहरीको कडा सुचना संयन्त्र ?
यता काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी झन् यसविषयमै आफु अनविज्ञ रहेको बताउँछन् । बजारमा यसरी जनताको ज्यानै दाउमा राखेर लुटधन्दा मच्चिदा यस विषयमा प्रत्यक्ष सरोकार राख्ने निकायहरु भने एकले अर्काको जिम्मेवारी हो भन्दै पन्छिन खोज्छन् ।
आन्तरिक राजश्व कार्यालय जस्तो सरकारी निकायको सक्कली स्टिकर भारतमा छापिन्छ । त्यहि स्टिकर टाँसी माफियाले खुलेआम नक्कली रक्सिको कारोबार गर्छन् । प्रहरीले केहि दिन अपराधिलाई समाते झैं गर्छन । ती अपराधि फेरि छ्ट्छन् । अनि फेरि साही धन्दामा लागिहाल्छन् । नेपालमा हुने बजार अनुगमन , प्रहरीको कारबाही सबै.. त एकछिन रोए जस्तो गर म पिटे जस्तु गर्छु भने जस्तो मात्रै देखिन्छ ।

आफ्नै देशका नागरिकहरुले साधारण जिविकोपार्जनका लागि गरेको उत्पादनमा सबै निकायको आँखा पुग्छ । सरकारी अनुगमन टोली ,उपभोक्ता अधिकारकर्मि , प्रहरी प्रशासन सबै मिलि ड्रम का ड्रम रक्सि नष्ट गर्न गाउँ गाउँ समेत पुग्छन । तर बजारमा यसरी खुलेआम चलिरहेको माफियाको लुटधन्दामा भने सम्पुर्ण संयन्त्र मुखदर्शक बनेर बस्छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com