काठमाडौँ साउन १७ ः कोटेश्वर र बालकुमारी बिचको मनोहरा नदीको पुलको पश्चिम दक्षिण छेउबाट जाने सडकले बालकुमारीको रिङ्गरोडको दक्षिणमा बसोबास गर्ने सवारी साधन भएका हजारौ बासिन्दालाई ट्राफिक व्यवस्थाले अनाहक अप्ठेरो मात्रै बढाएको छैन,इन्धन खर्च पनि बढाएको छ । महानगरपालिकालाई अरु वडावासीले कर तिरे जस्तो बालकुमारीबासीले तिरेको छैन र?दिनहुँ सबारीबाहकहरु बलकुमारीबाट कोटेश्वरको आधा किलोमिटरबाटो तय गर्न अनावश्यक ग्वार्को सम्मको ३ कि.मि घुम्तिमा जानु पर्छ अनि मात्रै कोटेश्वर पुग्ने ट्राफिक नियमले बालकुमारीबासी सास्ती बेहोरी रहेका छन् । यदि जनतालाई दःुख दिन मात्रै सरकार र सरोकारबालाको नियत हो भन्ने केही भन्नु छैन नत्र यसको व्यवस्थापन तत्काल गर्नु पर्ने होइन र ?यस समस्याको समाधानको दुई वटा सजिलो उपाय छ । पहिलो यदि मनोहरा पुलको पश्चिम तिरबाट पुलको तल रहेको विगतको बाटो जुन २० मिटरको छ । त्यसलाई ढलान गरियो भने पुलमूनिबाट सजिले सवारी साधनले आवत जावत गर्न सक्छ र दैनिक ग्वार्को सम्मको घुम्तीको चक्करबाट सवारी चालकलाई राहत हुन्छ भने अर्को विकल्प पुलको पश्चिम पट्टीको बाटोको बीचमा ट्राफिक बिट राख्दा पनि तत्कालीन समाधान निकाल्न सकिन्छ । बालकुमारी बासीको भनाईमा यदि तत्कालै बाटो व्यवस्थित गरिएन भने हामी आन्दोलन गछौ तसर्थ तत्काल यस तिर सरकारको ध्यान जाओस् र समस्याले निकास पाओस् ।
फोटो ः पुलमूनिको बाटो


English
MTV NEPAL MTVNEPAL


