काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका छैनन् । विभागका महानिर्देशक भिष्म कुमार भुषालका अनुसार इजाजतपत्र लिएका संस्थाहरु गाभिने म्याद ४ दिन बाँकी रहँदा २१४ वटा संस्थाले गाभिनका लागि निवेदन दिएका छन्। ती संस्थाहरु गाभिएर ९२ संस्था बन्नेछन्। हालसम्म २ वटा संस्था गाभिन ७५ निवेदन, ३ वटा संस्था गाभिन ७ निवेदन, ४ वटा संस्था गाभिन ८ निवेदन, ५ वटा संस्था गाभिन १ निवेदन र ६ वटा संस्था गाभिन १ निवेदन परेको जानकारी दिएका छन् । हाल सम्म ५४८ संस्थाले वढेको धरौटी बमोजिमको बैङ्क ग्यारेन्टी पेश गरिसकेका छन्।

English
MTV NEPAL MTVNEPAL


