मन्त्री यादवद्वारा Mtv भम्रण ।

श्रावण १५ ःMtv को कार्यालय एयरपोर्टको शम्भु मार्गमा प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भ्रमण गर्नु भएको छ । हालसालै स्थापना भएको यस Mtv ले सूचना तथा संचार सँगै मनोरंजनात्मक कार्यक्रमहरु प्रशारण गर्ने प्रतिबद्वता अनुरुप समावेशी नेपालको झलक प्रस्तुत गर्ने छ । यो नेपालको १८ वटा स्याटेलाईट च्यानल मध्ये एक हो । अरु च्यानल भन्दा यसको फरक कुरा यो हो कि यस च्यानलले क्लिन फिड (विज्ञापन रहित)को सरकारको सिद्धान्तलाई पूर्ण रुपले पालन गरेको छ । अर्थात यस च्यानलबाट प्रशारण हुने सम्पूर्ण विदेशी फिल्म विज्ञापन रहित छ । मोवाइलको कुनै पनि सर्भरबाट सिधा हेर्न सकिने यस च्यानलले ‘हामी सबैको लागि ,सधैको लागि ’ भनि राखेको आफनो नारालाई जीवन्त राख्न निकट भविष्यमै नेपालका सम्पूर्ण प्रसिद्ध मन्दिरहरुको आरती लाइभ देखाउने प्रतिबद्वता गरेको छ ,भने जनताको अदालत,राजनीतिक बहस,मिथिला आइडल,राजनीतिक महासंग्राम,मिथिला किचेन,डान्स मिथिला डान्स, Visit मिथिला, Call मिथिला,मिथिला कमेडी सरकश,को बन्छ नेता ?,भ्वाइस अफ मिथिला र विवाह जस्ता लोकप्रिय कार्यक्रम प्रशारणमा ल्याउँदै छ । संघियतालाई ठोष आधार दिन यस च्यानलल सम्पूर्ण प्रदेश सरकारले सहयोग गरे प्रदेश संसदलाई जनता बिच लाइभ प्रशारण गर्ने योजना रहेको यस Mtv का अध्यक्ष बबन कुमार सिहंले प्रतिबद्वता जनाउनु भयो । देशको विभिन्न भागमा रहेको समाजिक कुप्रथालाई न्युनीकरण गर्न यस टेलिभिजन च्यानलले चेतना मुलक टेलिश्रृखला छिट्टै प्रशारण तथा उत्पादन गदै जाने बाचा अध्यक्ष सिहंले गर्नुभयो भने यस्ता प्रशारणमा सहयोग गर्ने प्रतिबद्वता कानुन मन्त्री यादवले यस टिभीलाई दिनु भएको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com