सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने Ncellको गज्जब टेक्निक,,व्यापार घाटा देखायो करबाट उम्कियो ः खर्बौ लुट्यो अनि टाप कस्यो

Ncell नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि हो । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि गरेको थियो त्यसको कयौं गुणा बढी नाफा कमाईसकेको छ । यसले यति धेरै पुंजी बाहिर लगिसकेको छ जसको तपाई हामीले अन्दाज नै गर्न सक्दैनांै ।

एनसेलको व्यापारिक अवस्था बुझ्न अरु केहि हेर्नै पर्दैन । बस् यसका प्रयोगकर्ताको संख्या हेरे पुग्छ । भलै यो विदेशि टेलिकम होस् तर नेपालका प्रयोगकर्ताले राज्यकै ९१.४९% स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमलाई भन्दा यसलाई बढी रुचाएको देखिन्छ । त्यसै कारण पनि नेपाल टेलिकम अर्थात Ntcको भन्दा Ncellका प्रयोगकर्ताको संख्या दोब्बर बढी छ । एकहिसाबले नेपाली टेलिकमको क्षेत्रमा दुनियाँमा आफ्नो सर्वाधिक वर्चश्व जमाउन सफल छ Ncell‘ यसबाट पनि यसले नेपालबाट कति आम्दानी गरिरहेको छ भनेर आंकलन गर्न कठिन छैन ।

नेपाल टेलिकमका अनुसार अहिले Ntc प्रयोगकर्ताको संख्या साढे २ करोड बढी छ । तर Ncellका प्रयोगकर्ताको संख्या नेपालको कुल जनसंख्याको भन्दा धेरै छ । ३ करोड नेपालको जनसंख्या हुँदा करिब साढे ४ करोड बढी एनसेल प्रयोगकर्ता रहेका छन् । जुनसुकै ठाउँमा पनि सहजै उपलब्ध हुने र कम शुल्कमै सिम पाईने भएकाले पनि नेपालमा एनसेलका प्रयोगकर्ता धेरै भएको हुन सक्छ । Ntcको भन्दा धेरै सुविधा भएको र ईन्टरनेटको लागि पनि सहज हुने भएकाले धेरैजसो युवापुस्ताले Ncellका सिमहरु प्रयोग गर्ने गरेको पाईन्छ । यस्तै प्रायः निजि कम्पनिहरुले पनि विभिन्न प्रयोजनका निम्ति एनसलकै सिम प्रयोग गर्ने गरेको पाईन्छन् । त्यसैकारण पनि अन्य टेलिकम प्रदायक कम्पनिको तुलनामा Ncellका प्रयोगकर्ता दोब्बर छन् । यस हिसाबले एनसेलले यताबाट पनि विभिन्न प्याकेजहरुको नाममा प्रयोगकर्ताबाट मासिक अर्बौ रुपैयाँ लुटिरहेको छ ।

हामीसंगको कुराकानीमा एक जना जानकारले भने “एनसेलको चलाखिपनको को कुरै नगर्नुस् ..We Can’t imagine that ,कि एनसेल आफ्नो वर्चश्व बढाउन के के गर्छ । यहाँहरु Ntc – Ncell फोन Call गर्दा पनि एक चोटी सोच्नुस् त प्रायः जसो सम्पर्क हुन सकेन ,उपलब्ध हुन सकेन भन्ने गर्छ अब यसको कारण म बताउँछु Ntc-Ncellका विभिन्न प्याकेजको व्यापार हुँदा पनि किन यस्तो हुन्छ ? Ncell ले Ntc का connection technician/engineer हरुलाई यति मोटो रकम दिएर पालेका छन् जसले गर्दा हामीले Ntc-Ncell प्रयोग गर्दा प्राय: जसो काम गर्दैन त्यसपछि हामीले automatically Ncell सिम नै प्रयोग गर्छौ त्यतिबेला हामीलाई आपत परिरहेको हुन्छ कति खर्च भयो भनेर त्यति प्रवाह गरिदैंन । ल भन्नुस् यस्तो सम्म हुन्छ यीनिहरुको Internal Setting ”

सन् २०१६ अर्थात जतिबेलादेखि मेलेसियन कम्पनि आजियाटाले एनसेलको स्वामित्व आफ्नो हातमा लिएको थियो त्यतिबेला देखि नै उकालो लागेको एनसेलको व्यापारको ग्राफ अहिलेसम्म पनि घटेको छैन । हरेक वर्ष एनसेल आजियाटा लिमिटेडले औसत ९४÷९५ प्रतिशतका दरले लाभांश बाँड्ने गरेको छ । कम्तिमा पनि ९० प्रतिशत घटि लाभांश त यसले बाँडेकै देखिदैन । यसबाट पनि एनसेलको व्यापार ग्राफ प्रस्ट हुन्छ । एनसेलको व्यापारले पनि नेपालको सेवा क्षेत्रमा समेत टन्नै आम्दनी हुने रैछ भनेर पनि देखाउँछ ।

नेपालली टेलिकमको दुनियाँमा सर्वाधिक चर्चितसंगै विवादित पनि छ Ncell…। बेलाबेलामा यसले गरेको घोटालाहरु बाहिर आई नै रहेका हुन्छन् । आम्दानीको तुलनामा नेपालका वाणिज्य बैंकहरुलाई नै टक्कर दिने Ncellले नेपालीकै पैसामा राज गरेर मनग्य आम्दानी गरिरहेको छ । यो त सर्वविधितै छ । तर यसले सरकारलाई बुझाउनुपर्ने अर्बौको राजश्व अहिलेसम्म बुझाएको छैन । यतिसम्म कि सरकारले समेत यसलाई कुनैपनि कारबाहीको दायरामा ल्याउन सकेको छैन । यो आफैंमा पनि आश्चर्यको विषय रहेको छ । कुनै नेपाली कम्पनिले १ वर्षसम्म राजश्व बुझाएन भने कम्पनि नै बन्द गर्ने नेपाल सरकारले राज्यलाई नै अर्बौ छलिरहेको यो विदेशि कम्पनिलाई किन यसरी प्रशय दिईरहेको छ ?

अन्य कम्पनिहरु हरेक एक वर्षमा नविकरण गर्नुपर्ने नियम बनाउने सरकारले टेलिकम कम्पनिको हकमा यस्तो नियम किन बनाएन ? टेलिकम प्रदायक कम्पनिलाई ५ वर्ष किन ?

सरकारको यो नियम हेर्दा कुनै पनि टेलिकम प्रदायक कम्पनि नेपालमा स्थापना भएको खण्डमा उक्त कम्पनिले ५ वर्ष त ढुक्कले व्यापार गर्न पाउने भयो । न कम्पनि नविकरण गर्नु पर्ने झण्झट न त सरकारलाई कर बुझाउनु पर्ने चिन्ता । क्या आनन्द !! फेरि घाटामा रहेको कम्पनिले त झन् कर नै बुझाउनु परेन क्या सजिलो !! यस हिसाबले पनि अन्य व्यवसाय भन्दा नाफाको लागि दूरसञ्चार व्यवसाय सर्वोत्तम् देखियो । कम्पनि खोल्यो ..५ वर्ष ढुक्कले व्यापार ग¥यो ..५ वर्षपछि अर्बौ÷खर्बौ आम्दानी भएपनि व्यापार घाटामा चलेको विवरण देखायो । करबाट मुक्त भयो । जताततै नाफैनाफा ..

पछिल्लो समयको Ncellको गतिविधि हेर्ने हो भने ठ्याक्कै त्यहि हतकण्डा अपनाएको देखिन्छ । Ncellले आजसम्म पनि सरकारलाई बुझाउनुपर्ने अर्बौको राजश्व बुझाएको छैन । अर्बौ मात्रै होईन Ncellले सरकारलाई बुझाउनुपर्ने राजश्व रकम खर्बाै पुग्न लागिसक्यो । त्यसमाथि Ncellकोे लाइसेन्स अवधि पनि विसं. २०८६ पछि सकिँदै छ । माथि हामिले भने जस्तै Ncellले नेपालको दूरसञ्चार क्षेत्रमा गरेको लगानीको कयौं गुणा बढी आम्दानी गरिसकेको छ र अब उसलाई आम्दानीको लागी कानुनी रुपमा आउनुपर्ने कुनै बाध्यता छैन । अब Ncellको सञ्चालन अवधि ६ वर्ष बाँकी छ । ६ वर्षपछि उसले लाईसेन्स नविकरण गरेको खण्डमा फेरि नेपालमा Ncell रहनेछ नभए खारेज हुन्छ । तर Ncellलाई न त नाफाको कमी छ न त अर्बौ अर्ब तिरि तिर नविकरण नै हुनुछ । त्यसैले पनि पछिल्लो समय Ncellले कम्पनि घाटामा गइरहेको विवरण देखाउन थालेको छ ।

एकातिर कम्पनि घाटामा गइरहेको बताउने Ncellले आफ्ना शर्भिस सेन्टरहरु विस्तार गरेको ग¥यै छ भने । प्रयोगकर्ताको संख्या पनि बढेको बढ्यै छ । यता कम्पनिका कर्मचारीहरुको सेवासुविधाको कुरा गर्ने हो भने पनि अत्ति नै लोभ लाग्दो छ । सरकारी कर्मचारीको तलब भन्दा कयौं गुणा बढी सेवासुविधा Ncellमा काम गर्ने कर्मचारीले पाउँछन् भने कम्पनि घाटामा गयो कसरी ? घाटामा गइरहेको कम्पनिले शर्भिस सेन्टरहरु कसरी विस्तार गरिरहेको छ ?

Ncellको हर्कत हेर्दा राजश्व छलि गर्नलाई देखाइएको स्टण्ड जस्तो लाग्छ । यतिमात्रै होईन Ncellले कम्पनि घाटामा गएको प्रमाणीत गर्नका निमित्त बेलाबेलामा मिडियावाजी पनि गर्ने गरेको छ । जसले जनतामा यो लागोस् कि Ncell साँच्चिकै घाटामा गईरहेको छ । यसरी विस्तारै Ncell सुखद् तरिकाले आफुलाई उम्काउने दाउनमा लागेको छ । व्यापार घाटा देखाउँदा सरकारलाई राजश्व बुझाउनु नपर्ने । अब बाँकी रहेको ६ वर्षमा पनि टन्नै आम्दानी गरेर नेपालबाट गुमानाम हुने दाउमा लागेको छ Ncell ..। यता बेलाबेलामा मिडियावाजी गर्दा प्रयोगकर्ताको नजरमा पनि आफ्नो बचाउ हुने भईहाल्यो फेरि अबको बाँकी सञ्चालन अवधिमा पनि त लुटतन्त्र मचाउनु छ । फेरि जनतामा अहिले नै कम्पनिप्रति नकारात्मक भ्रम सृजना भयो भने त सबैले वहिष्कार गर्ने भईहाले । ६ वर्ष पछि बन्द गर्ने सोच बनाएको कम्पनि फेरि ६ वर्ष अघि नै प्रयोगकर्ताको वहिष्कारले बन्द हुने डर .. त्यसैले Ncellले सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने गज्जबको टेक्निक अपनाएको देखिन्छ ।

६ वर्षपछि कि Ncell देखावटी गायब हुने जानकारहरुको विश्लेशण छ । अर्थात ६ वर्षपछि Ncell व्यापार घाटाको विवरण देखाउँदै सरकारको करबाट बच्नेछ । Ncell नामक कम्पनि खारेज हुनेछ भने एनसेलका सञ्चालकले Ncell जस्ता हजारौं नयाँ कम्पनि खोल्न सक्ने रकम आर्जन गरिसकेका छन् । त्यसहिसाबले पनि Ncell को नाम मात्रै हटाएर सबै भौतिक संरचना देखि कर्मचारी पनि उहि रहने गरेर नाम मात्रै परिवर्तन गरि नेपाली दूरसञ्चार व्यवासायमा अर्को टेलिकम कम्पनिको आगमन हुने निश्चित छ । अनि सोही कम्पनिले नेपाली टेलिकमको दुनियाँमा राज गर्ने छ र । फेरि नेपालमा अर्को लुटतन्त्र मच्चाउने छ । आईडिया उहि,आवश्यक Equipment उहि,जनशक्ति उहि केवल नाम मात्रै फरक….

या त Ncellले अर्को हतकण्डा पनि अपनाउन सक्छ । यो ६ वर्षको अवधिमा एनसेलले सेयर सर्वसाधारणलाई बेची कम्पनिमा स्वदेशी सर्वसाधारण नागरिकको स्वामित्व बढाएर सररकारलाई नै Ncell को लाईसेन्स अवधि बढाउन दबाब दिन सक्ने वातावरण सिजृना गर्न सक्छ ।

सायद Ncellलाई यतिसम्मको कष्ट पनि गर्नु पर्दैन होला… किनकी हाम्रा देशका सरकारी माफिया छदैंछन् Ncellको बिंडो थाप्ने । सरकारलाई कर छल्न मद्दत जो गरेका छन् ती माफियाले । ती सरकारी माफियाको गोजीमा यति रकम भर्दिसकेको छ Ncell ले ताकी भोली Ncell खारेज हुने स्थितिमा नआउँदै ती माफियाले Ncell लाई नै खरिद गरेर चलाउन सक्छन् ।

कुरो त्यहि जताबाट पनि उल्लु बन्ने हामी नेपाली जनता नै ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com