टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक १२ महिनाको वर्षलाई बनाउँछन् १३ महिना ,,समाजमा बढ्दो विकृति उस्तै

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा त फोन पक्कै हुन्छ नै । र ती सबै फोनहरुमा कुनै न कुनै टेलिकम कम्पनिहरुका सिम त पक्कै प्रयोग गर्छौ हामीले कि कसो <

हाम्रो नेपालमा सबैभन्दा बढी प्रयोग हुने भनेको राष्ट्रको संचार अर्थात ९१.४९% सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको सिम हो । नेपाल सरकारकै टेलिकम प्रदायक कम्पनि भएकोले पनि होला धेरै प्रयोगकर्ताको पहँुचमा छ नेपाल टेलिकम .. त्यसपछि सबैभन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्ने सिम भनेको नेपाली टेलिकमको क्षेत्रमा दुनियाँमा आफ्नो सर्वाधिक वर्चश्व जमाउन सफn विदेशी लगानिमा सञ्चालित एनसेल । एनसेलपछि स्मार्टसेल,स्काई लगायतका अन्य टेलिकम कम्पनि पनि नेपालमा छन् तर पनि सबैभन्दा धेरै प्रयोगकर्ताको रोजाईमा पर्ने भनेको NTC,Ncell को सिमहरु हुन् ।

सिम चलाउन रिर्चाज गर्नुपर्छ अर्थात त्यसमा ब्यालेन्स् लोड गर्नुपर्छ त्यो सबैलाई थाहा भएकै कुरा हो । तर केहि वर्ष अगाडीसम्म त सिम खरिद गर्न नै निकै झण्झटिलो थियो । सिम खरिद गर्न टेलिकम कम्पनि दुरसञ्चार केन्द्रमै जानुपथ्र्यो र सिम पनि अहिलेको तुलनामा निकै महंगो पथ्र्यो । रिचार्ज खरिद गर्न पनि उस्तै समस्या ..त्यसैले सिमित व्यक्तिको पहुँचमा मात्र दुरसञ्चार सेवा पुगेको थियो । आवश्यक परेको खण्डमा मात्रै प्रयोगकर्ताले रिर्चाज गथ्र्ये । अझ विशेष गरि त्यो समयमा अहिलेको जस्तो ईन्टरनेटको सुविधा थिएन । त्यसैले पनि विशेषतः टेलिफोन कुराकानी अर्थात Voice Callका लागि मात्रै सिम प्रयोग हुनेगरेका थिए ।

तर अहिले सिम खरिदका लागि निकै सहज छ । टेलिकम जानै पर्दैन । किराना पसल, पुस्तक पसल जताततै सिम नै सिम .. नागरिकताको फोटोकपि, एउटा फोटो लियो रु.५० ,रु.१०० मा सिम पाईन्छ । सिम Active हुन पनि धेरै समय नलाग्ने । रिचार्ज कार्ड पनि जताततै पाईने , झन् ईन्टरनेटको सुविधाले मज्जैले अनलाईनबाट रिचार्ज गर्दा पनि भयो । Option नै Option वाह !! कति सजिलो …

त्यसैले पनि होला पहिले एक परिवारका सदस्यले एउटै सिमको प्रयोग गरेर काम चलाउँथे भने अहिले एउटै व्यक्तिले कम्तिमा पनि २ भन्दा धेरै सिम चलाउँछन । धेरै टेलिकम प्रदायक कम्पनि हुनु र प्रयोगकर्तालाई आर्कषण गर्न ल्याईने विभिन्न अफरहरुका कारणले पनि हुन सक्छ । यतिसम्म कि टेलिकम प्रदायक कम्पनिहरुबिच नै अफर प्याकेजहरुको खुलेआम प्रतिस्पर्धा देखिन्छ मार्केटमा । प्रयोगकर्ता पनि जुनमा बढी सेवासुविधा उपलब्ध छन् स्वतः तीनै कम्पनिका सिम प्रयोग गर्ने भई नै हाले ।

अहिलेको नेपाली टेलिकम मार्केटमा अन्य टेलिकम प्रदायक कम्पनिको तुलनामा सबैभन्दा ठुलो प्रतिस्पर्र्धा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजि टेलिकम प्रदायक कम्पनि एनसेलको देखिन्छ । यी कम्पनिहरुको अफर कम्पिटिसनको कुरै नगरौं , Voice Pack अफर होस या Data Pack अफर । एउटाले कम्पनिले कुनै अफर सार्वजनिक गर्नै हुन्न त्यसकै भोलीपल्ट अर्कोले त्यो भन्दा सुपथ अफर ल्याईदिन्छ । यसो हेर्दा यी कम्पनिबिच शित युद्ध नै चलेको देखिन्छ ।

विभिन्न घोटालाको अरोपी हुँदासम्म एनसेलले आफ्नो मार्केट डाउन हुन दिएको छैन । बरु अझं बढाएको नै देखिन्छ । अर्बौअर्ब राजश्व छलि गर्दा पनि यो कम्पनिलाई सरकारले पनि अहिलेसम्म कुनै कारबाहीमा ल्याउन सकेको छैन । सायद सरकारको व्यक्तिगत खातामा राजश्व जम्मा भईरहेको छ क्यारे ।

अब यी कम्पनिले अफरको नाममा खुलेआम चलाएका लुटधन्दाको चर्चा गरौं…..
NTC र Ncell को अफरहरु अलिकति केहि तलमाथि देखिएपनि लगभग उस्तै उस्तै छन् । Voice Pack को कुरा गर्ने हो भने मिनेट,घण्टा,दिन,हप्ता संगै मासिक क्याटोगोरी छुट्याएको देखिन्छ । यस्तै Day/Night प्याक भनेर पनि विभिन्न प्याकेजहरु छन् । यस्तै 1hrs ,2hrs Unlimited प्याक भनेर पनि सुविधा यी टेलिकम प्रदाएक कम्पनिले दिएका छन् । अन्य थुपै्र सुविधा पनि समावेश गरिएका छन् । जस्तो Ntc ले Unlimited Call भनेर २५ रुपैयाँमा उपलब्ध गराएको छ भने सोही प्याकलाई Ncell ले सो प्याकलाई २५ रुपैयाँमै उपलब्ध गराएको छ ।

यस्तै यी टेलिकम कम्पनिहरुको मासिक प्याक यहाँले पनि लिने गर्नुभएको छ होला । सामान्य कुराकानी गर्दा अलि अलि भन्दै रिचार्ज गर्दा पनि बढी पैसा खर्च हुने भएर होला प्रयोगकर्ताको रोजाईमा यो प्याक परेको छ । Ntc ले २६५ रुपैयाँमा ५२० मिनेट Voice Call को सुविधा दिएको छ भने Ncell ले भने सोही प्याकमा २५० रुपैयाँमा ५५० मिनेटको सुविधा दिएको छ ।

तर यहाँले याद गर्नुभएको छ < सो मासिक प्याक २८ दिनका लागि मात्रै Valid हुन्छ । हुनत सबैलाई थाहा भएकै कुरा हो की १ वर्षमा १२ महिना हुन्छन् र महिना कम्तिमा पनि २९–३२ दिनको हुन्छ तर यी टेलिकम प्रदायक कम्पनिले ल्याएका सुविधामा २८ दिनको महिना बनाईएको छ । किन < संसारको कुन ठाउँमा २८ दिनको महिना मानिन्छ र < अंह छैन । तर हाम्रा टेलिकम प्रदायकको बिजनेसमा चाँहि २८ दिनको महिना मानिन्छ । किन < प्रयोगकर्तालाई लुट्न होईन < मासिक प्याकका रुपमा मख्ख परेर सो प्याक खरिद गरेका प्रयोगकर्ताले २८ दिन पछि अर्को प्याक लिनुप¥यो कि त अरु Option हेर्नुप¥यो । ३६५ दिनको १ वर्ष मानिन्छ तर टेलिकम बिजनेसको २८ दिनको हिसाब गर्दा १ वर्षमा ३३६ दिन मात्रै हुन्छ ।
हामीले सेवा सुविधा त लिईरहेका हुन्छौं नै । यसहिसाबले हामीले यी कम्पनिका मासिक प्याक खरिद गर्दा १ वर्षमा १३ पटक खरिद गर्नुप¥यो अर्थात स्वतः १ महिना बढीको प्रयोगकर्ताको रकम स्वाहः
मासिक Data प्याकको पनि Valid Date २८ दिनको नै हुन्छ यहाँबाट पनि यसरी नै प्रयोगकर्तालाई ठाडै लुटिएको छ ।

नेपाल टेलिकमका अनुसार अहिले Ntc का प्रयोगकर्ताको संख्या करिब अढाई करोड बढी छ । अरु कुरा छोडेर मासिक प्याकमा गरेको लुटतन्त्रकै हिसाब गर्ने हो भने पनि सो संख्याको आधाले मात्रै मासिक प्याकको सुविधा लिएका छन् भने मासिक अर्बौ रुपैयाँ प्रयोगकर्ताको यतिकै खेर गईरहेको छ ।
नेपाल टेलिकमका अनुसार फोरजीका प्रयोगकर्ता १ करोड २३ लाख बढी छन् । यहाँबाट कति लुटतन्त्र विस्तार भईरहेको होला यहाँहरुले नै अन्दाज गर्न सक्नुहुन्छ ।

Ncellका प्रयोगकर्ता झन् Ntc का भन्दा धेरै छन् । जुनसुकै ठाउँमा पनि सहजै उपलब्ध हुने र कम शुल्कमै सिम पाईने भएकाले पनि नेपालमा एनसेलका प्रयोगकर्ता धेरै छन् । Ntc को भन्दा धेरै सुविधा भएको र ईन्टरनेटको लागि पनि सहज हुने भएकाले धेरैजसो युवापुस्ताले एनसेलका सिमहरु प्रयोग गर्ने गरेको पाईन्छ । यस्तै प्रायः निजि कम्पनिहरुले पनि विभिन्न प्रयोजनका निम्ति एनसलकै सिम प्रयोग गर्ने गरेको पाईन्छन् । त्यसैकारण पनि अन्य टेलिकम प्रदायक कम्पनिको तुलनामा एनसेलका प्रयोगकर्ता दोब्बर छन् । यस हिसाबले एनसेलले पनि विभिन्न प्याकेजहरुको नाममा प्रयोगकर्ताबाट मासिक अर्बौ रुपैयाँ लुटिरहेको छ ।

याद रहोस् एनसेल कुनै नेपाली कम्पनि होईन …राज्यलाई अर्बौ राजश्व छलि गरिरहेको यो कम्पनिले लुटेको यो रकम नेपाल र कुनै नेपालीको लागी खर्च हुने होईन बरु हुण्डी मार्फत बाहिर जान्छ ।

त्यसैमा पनि एनसेलले यति कम मुल्यमा यस्ता प्याकेजहरु उपलब्ध गराएको हुन्छ जसले मानिसहरुलाई फोनमा समय व्यतित गर्न सजिलो गराएको छ । बा–आमाले दिएको समान्य पकेट खर्चले पनि पुग्ने भएपछि अहिलेका युवापुस्ताले अनावश्यक समय पनि बर्बाद गरिरहेका देखिन्छन् । यसरी अनावश्यक प्रयोजनका लागि पनि रिचार्ज गर्दै फोनहरुमा समय व्यतित गर्दा स–साना बालबालिकाको मानसिक स्वाथ्यमा कतिसम्मको नकारात्मक प्रभाव परिरहेको छ त्यो अहिले हामीले अन्दाज गरेका छैनौं । अनावश्यक मोबाईल तथा ईन्टरनेटको प्रयोगले एकातिर राज्यको अर्बौ रकम बाहिरिरहेको छ भने युवाहरुको उर्जाशिल उमेर पनि यतिकै खेर गईरहेको छ । यता समाजमा अनेक खालका विकृति पनि फैलिरहेको छ र फैलिन प्रेरित गरिरहेको छ ।

त्यसैले सञ्चारको सहि सदुपयोग गरौं । उर्जाशिल उमेरलाई उत्पादन संग जोडौं । सहि प्रयोजनका निमित्त मात्रै फोन तथा ईन्टरनेटको प्रयोग गरौं र गराऔं र राज्यको अर्थतन्त्रलाई जोगाउन लागि परौं ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com