२ दिने ब्रोम्दिङ पर्यटन महोत्सव सकियो,, धादिङको प्रर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा

धादिङको बेनिघाट रोराङ गाउँपालिका १ ब्रोम्दिङ आयोजना गरिएको ब्रोम्दिङ पर्यटन महोत्सव सकिएको छ । धादिङको प्रर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले कार्तिक १५ गतेदेखि शुरु भएको उक्त महोत्सव २ दिन चलेको थियो । महोत्सवको पहिलो दिन काठमाडौंबाट बाईक ¥याली निकालिएको थियो । काठमाडौंबाट गएको एक्सपल्स राईडर्स नेपाल,क्लबको टोली लगाएत उपस्थित अन्य अतिथिहरुलाई गाउँपालिकाको वडा नं १ का अध्यक्ष जिवन सिंह तामाङले फुलमाला सहित धन्यवाद ज्ञापन गर्दै स्वागत गर्नुभएको थियो ।

उद्घाटन समारोहमा अध्यक्ष तामाङले यो महोत्सव धादिङको पर्यटन विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गर्नुभयो । बागमति प्रदेशका मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शालिकराम जम्मर कट्टेलले नेपाल एक किसिमको स्वर्ग जस्तै रहेको बताउनुभयो । विशेष अतिथि बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मा. बहादुर सिंह लामा (तामाङ)ले समुन्द्र सतहदेखि २०८० को हाईटमा रहेको सुन्दर ब्रोम्दिङको सौन्दर्यताको चर्चा गर्नुभयो । सो ठाउँको विकास गर्न त्यहाँ रहेका पुर्वाधारको विकास गर्नुपर्नेमा उहाँको जोड छ । त्यति मात्रै नभई बेनिघाट रोराङमा तामाङ जातिको बाहुल्यता रहेकोमा विस्तारै ईतिहास मेटिदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्दै तामाङ तथा नेवारी भाषा संस्कृति,ईतिहासलाई जोगाउँदै त्यसैलाई त्यहाँको प्रमुख आर्कषण बनाउन सकिने औंल्याउनुभयो ।

यस्तै महोत्सवको दोस्रो दिन कार्यक्रमका सभापति तथा बनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले गाउँपालिकाको बारेमा जानकारी दिँदै गाउँपालिको आर्थिक उन्नती कसरी गर्न सकिन्छ भन्नेमा अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेश सरकारका पर्यटन मन्त्री पुकार महर्जन,पर्यटन कोर्डका उपाध्यक्ष चन्द्र ढकाल,पर्यटन समिति एफएनसीसीआईका उपाध्यक्ष अच्युत गुरागाईं लगायतले आफ्नो भनाँई राख्नु भएको थियो । नेपाल पर्यटन बोर्ड, बेनिघाट रोराङ गाउँपालिका तथा एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा विभिन्न कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए भने स्थानियले त्यहाँको संस्कति झल्किने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । हिमाल मल्टिमिडिया,हिमाल मिडियाको सहआयोजनामा सञ्चालित उक्त महोत्सवमा एक्सपल्स राईडर्स नेपाल,क्लबको सहकार्य रहेको थियो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com