के तपाईंले घरमा ईन्टरनेट जोड्नुभएको छ ? छ भने मासिक शुल्क कति तिरिरहनुभएको छ त ?
रु.११००,रु.१२०० या रु.१५०० .. सायद यति कै हाराहारीमा या त यो रेटभन्दा बढी नै तिरिरहनुभएको छ होला !
अब एकचोटी नेपाली ईन्टरनेटको दुनिँयामा चर्चित केहि कम्पनिको दररेटलाई नै नियालौं ..।
सुबिसु ईन्टरनेटले अहिले चाडवाड लक्षित अफरहरु ल्याएको छ । जसमा फाईबर ईन्टरनेट मात्रैको शुरुवाति मुल्य ९५८ रुपैयाँ तोकेको छ ।
याद रहोस् …यो केवल अफरको शुरुवाति मुल्य मात्रै हो अन्य समयमा फाईबर ईन्टरनेटको मासिक शुल्क यो दररेट भन्दा बढी हुन्छ । यस्तै Mbps अनुसारको दररेट ईन्टरनेट सेवा प्रदाएक कम्पनिले तोकेका हुन्छन् । जसको मासिक शुल्क माथि उल्लेख गरिएझैं करिब १२०० रुपैयाँदेखि शुरु हुन्छ ।
नेपाली ईन्टरनेटको दुनिँयामा अत्यन्तै चर्चित कम्पनि हो वल्र्ड लिंक.. यसले पनि अहिले विभन्न चाडवाड लक्षित अफरहरु ल्याएको छ । वल्र्डलिंकले २०० Mbps ईन्टरनेटको ३ महिनाको ३३००का दरले उपभोक्ताबाट लिंदै आएको बताएको छ । जस अनुसार पनि मासिक शुल्क रु.११०० पर्न जान्छ । सबैभन्दा धेरै उपभोक्ताको पहुँचमा रहेकै कम्पनिको मासिक शुल्क यति छ भने अन्य यस्ता थुप्रै ईन्टरनेट सेवा प्रदायक कम्पनि छन् जसका आ–आफ्नै दररेट तोकिएका छन् ।
त्यति मात्रै होईन शुरुमा ईन्टरनेट जोड्दा प्रयोग हुने तार,शर्भिस चार्ज लगाएत अनेक नाममा उपभोक्ताले छुट्टै शुल्क तिर्नुपर्ने हुन्छ ।
अब कुरा यहाँ आउँछ …के हामीले प्रयोग गरिरहेको ईन्टरनेटको वास्तविक मुल्य नै यति महंगो पर्छ होला त ?
केहि दिन अघिमात्रै नेपालगञ्जका एक केवल टिभि व्यवसायीले उपभोक्तालाई राहत संगै ईन्टरनेट कम्पनिको लुटधन्दाको नै पर्दाफास हुने गरि एक निर्णय गरे । उनले मासिक १५० रुपैयाँमै सर्वशुलभ ईन्टरनेटको वितरण शुरु गरे ।
नेपाली ईन्टरनेटको बजारमा यो अहिलेसम्ममै सस्तो शुल्क हो ।
यति मात्रै होईन फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले पनि सोही शुल्कमै दुई ठाउँमा नै चलाउन सक्ने यो सुविधा सुपर भिजन नेटवर्कले ल्यायो ।
के अरु ईन्टरनेट कम्पनिले यो सुविधा उपभोक्तालाई दिएका छन् त ?
हामीसंगको टेलिफोन सम्पर्कमा सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले ईन्टरनेट सेवाको नाममा नेपाली ईन्टरनेट कम्पनिहरुले उपभोक्तालाई लुटिरहेको बताउनुभएको छ । “नेपाली उपभोक्ताहरु ईन्टरनेटको नाममा यसरी लुटिएका छन् कि हामी अन्दाज नै गर्न सक्दैनौं । म स्वंयम पनि एक ईन्टरनेट उपभोक्ता हुँ । मैंले चलाएको ईन्टरनेटको बिल हेर्दा क आफै अचम्ममा परें । ५० प्रतिशत त फेक शुल्क राखिएको छ । ५० प्रतिशत त मेन्टेनेन्स् चार्ज भनेर काटेको छन् । कहाँ लाग्छ त्यत्रो शुल्क ? ”
वल्र्ड लिंक ,सुविसु लगाएतका ईन्टरनेट कम्पनि मात्रै होईन NTC,Ncell जस्ता ठुला टेलिकम प्रदाएका कम्पनिले पनि उपभोक्तालाई ठाडै लुटिरहेका छन् । “तपाई आफैं पनि एनालाईसिस गर्नुसु NTC,Ncell ले २८ दिनको प्याकेज भनेर विभिन्न प्याकेजहरु ल्याउँछन् । विश्वमै कहिँकतै २८ दिनको महिना भएको देख्नुभएको छ ? उनिहरुले स्वतः १३ महिनाको वर्ष बनाएका छन् । १० प्रतिशत त यतिकै लुटिरहेका छन् उनिहरुले । ”
नेपाली उपभोक्ताले वास्तवमा कति शुल्कमा शर्वशुलभ ईन्टरनेटको शुविधा पाउन सम्भव छ त भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो“ त्यस्तै रु.१५० ,रु.१३० ,रु.१४०” मै उपभोक्ताले प्रयोग गर्न सक्नुहुन्छ ।
ईन्टरनेट सेवा प्रदायक कम्पनिलाई यति न्युन शुल्कमै सेवा प्रदान गर्न सम्भव छ त भन्दा उहाँले भन्नुभयो “सम्भव छ । ईन्टरनेट मात्रै होईन अन्य सुविधा पनि दिन सकिन्छ यति शुल्कमा ..जस्तो हामीले Roaming को सुविधा पनि दिएका छौं । त्यति शुल्कमै यहाँले घर अफिसमात्रै होईन ,अस्पताल ,बसपार्क जहाँ जाँदा पनि यसको प्रयोग गर्नु सक्नुहुन्छ । सबै ठाँउमा त भन्न सकिदैन तर Major Cityहरुमा यो एकदमै सम्भव छ ।
ईन्टरनेट सेवा प्रदायकले नेपाली उपभोक्ताबाट अर्बौ लुटिरहेको अग्रहरीको ठम्याईं छ ।
“तपाईं आफैले पनि ईन्टरनेटको बिल हेर्नुभयो भने पनि मासिक शुल्कको त आधा मेन्टेन्स् चार्ज भनेर लुटिरहेका छन् कम्पनिले आफै भन्नुस् वल्र्ड लिंककै करिबन २५,००० बढी कस्टमर छन् १४०० सयको बिलमा ७०० मेन्टेनेन्स् चार्ज भनेर लिंदा मासिक कति पैसा उपभोक्ता लुटिएको छ हिसाब गर्नुहोस् त ?
आज यस्ता कम्पनिले नेपालीको अर्बौ पैसा लुटेर हुण्डी मार्फत बाहिर पठाईरहेका छन् । यसरी देशलाई डुबाउने मात्रै काम गरिएको छ । ”
त्यति मात्रै नभई इन्टरनेटको स्पीडका नाममा पनि यी कम्पनिले नेपाली उपभोक्तालाई बेवकुफ बनाईरहेका छन् भन्दै उपभोक्तालाई यसतर्फ सचेत हुन अग्रहरीले आग्रह गर्नुभएको छ । “कुनै पनि मोबाइलको क्षमता १.२ ःदउकभन्दा माथि हुँदैन तर पनि ईन्टरनेट सेवा प्रदायकले सफ्टवेयरको माध्यमबाट Mbps बढाएर ५० Mbps, १०० Mbps,२०० Mbps भन्दै उपभोक्तालाई ठगीरहेका छन् । त्यति मात्रै होई फेसबुक, गुगल जस्ता कुनै पनि Appsले छुट्टै ईन्टरनेट Consum गदैैनन् तर यी Appsको नाममा पनि उपभोक्तालाई लुटिएको छ । उपभोक्तालाई अन्याय गरिएको छ ।”
देशमा Economic Crisis भईरहेको अवस्थामा पनि उपभोक्तालाई झन् लुटिएको भन्दै हरेक उपभोक्ता अब सजक हुनु पर्ने अग्रहरीको भनाँई छ । उहाँले आफुले शुल्क तिर्दा सम्बन्धित कम्पनिसंग बिल माग्नुपर्ने र Costingका बारेमा छलफल गर्न सुझाव दिनुभएको छ । “कहाँ ?कसरी ? यति रकम जोडियो भनेर सोध्नुपर्छ । पहिलो कुरा उपभोक्ता नै सचेत हुन जरुरी छ । ”

English
MTV NEPAL MTVNEPAL


