होली अर्थात रंगहरुको पर्व ….तिथिको घटबढका कारण पछिल्लो समय चैत्र महिनामा पर्ने गरेपनि होली प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिन मनाईन्छ ।
होली अर्थात फागुपुर्णिमाको आफ्नै ईतिहास छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा प्रह्लादलाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएकोले असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व नेपालमा विशेष रुपले मनाउने गरिन्छ ।
नेपालमा होली दुईदिन मनाउने प्रचलन छ । फाल्गुण पुर्णिमाका दिन नेपालका पहाडी भुभागमा होली मनाउने गरिन्छ भने त्यसको भोली पल्ट तराईका भुभागका होली मनाउने गरिन्छ् ।
नेपालका केहि भुभागमा त दुई दिन नै होली मनाउने गरिन्छ । फागु पुर्णिमा अर्थात पहाडी होलीका दिनलाई सुख्खा होली भन्दै एकआपसमा रंगहरु दलेर होली मनाउने गरिन्छ भने तराई होलीका दिन रंग मिसिएको पानि छ्यापेर पनि मनाउने गरिन्छ ।
तर केहि नेपालका गाँउघर तथा शहरहरुमा विशेष मान्यताका साथ मनाईने होली पछिल्ला केहि वर्षदेखि विकृतिको माध्यम बन्न थालेको छ । रङ्ग र आत्मीयताको पर्व फागुको पछिल्लो समय परम्परागत महिमा र रौनक हराउँदै गएको छ ।
पहिले पहिले गाउँघरमा आफन्त, साथीभाई जम्मा भई मौलिक भाका गाउँदै नाच्दै होली मनाउने गरिन्थ्यो भने अहिले होलीमा विदेशि संगित तथा तौर तरिका हाबी हुँदै गएको देखिन्छ ।
जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृति हराउँदै गएको छ । खर्चिलो र भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढ्दै गएको छ ।
होलीमा प्रयोग गरिने रंगहरुको आ–आफ्नै महत्व हुन्छ तर पछिल्लो समय त रंगहरुमात्रै होईन युवायुवतिले होलीमा कुहिएको अण्डा दलिदिने, गोलभेडाजस्ता तरकारीमा लडिबुडि गरेर मनाउने जस्ता क्रियाकलाप पनि उस्तै देखिन्छ ? के यहि हो त हाम्रो संस्कृति ?
त्यति मात्रै होईन पछिल्लो समयमा होलीमा हुने उच्छ्रखंल गतिविधिले पनि ठुलै विकृति निम्तिएको भान हुन्छ । मापसे गर्ने , ईच्छा विपरित युवतिहरुलाई रंग लगाईदिने , लोला हान्ने, संवेदनशिल अंगमा छुुने लगाएतका यौन जन्य हर्कतका घटनाहरु हरेक होलीमा बाहिरिने गरेका छन् । यस्ता हर्कतले गर्दा परम्परागत, हाम्रो प्राचिन संस्किृतिको अस्त्वि समेत मेटिन थालेको छ ।
होलीको नाममा उच्छ्रंखल गरिविधि गर्नेलाई तुरुन्तै कारबाही गरिने : प्र.उ. विष्ट
यसपालीको होलीमा उच्छ्रंखल गतिविधि गर्नेलाई तुरुन्तै कारबाही गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ । कार्यालयका कार्यबहाक प्रवक्ता तथा प्रहरी उपरिक्षक अबदेश विष्टले यसपालीका होलीमा त्यस्ता उच्छ्रंखल गतिविधि कम गर्न उपत्यकाका तिनै जिल्लाको वैठक बसेर योजना बनाईएकोले होलीमा यस्ता मापसे र लापसे गर्नेलाई तुरुन्तै कारबाही गरिने बताउनुभएको छ । होलीमा त्यस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिलाई स्थानिय ऐन अन्र्तगत कारबाही गरिने उहाँको भनाईं छ ।

English
MTV NEPAL MTVNEPAL


