झण्डा बचाउँदा अपमानित

काठमाडौं,१४ भदौ । नेपालको राष्ट्रिय झण्डा फेर्नुपर्ने कुरा चर्चामा आएपछि लक्ष्मी नारायण शिल्पकार चिन्तित बनेका छन् । शिल्पकारले आफ्नो पेशा नै छाडेर नेपालको झण्डा बचाउ अभियानमा लागेको उल्लेख गरेका छन् ।
लामो समय सिकर्मी पेशामा आवद्ध शिल्पकार का.म.पा.१३ निवासी हुन । नेपालको राष्ट्रिय झण्डा बचाउ अभियानमा उनी विगत १३ वर्ष देखि प्रयासरत छन् । यो अभियानमा लाग्दा शिल्पकारले धेरै हण्डर ठक्कर खाएका छन् । शिल्पकारले नेपालको राष्ट्रिय झण्डा बचाउने अभियानमा लाग्दा कसैबाट कुनै आर्थिक सहयोग लिएका छैनन् । आर्थिक सहयोग समेत अस्वीकार गरेको शिल्पकारले जानकारी दिए ।
शिल्पकार अवका दिनमा आर्थिक सहयोग प्राप्त भएमा अपाङ्गहरुकोलागि अस्पताल बनाउने योजनामा रहेका छन् । शिल्पकार नेपालका प्राय सबै जिल्ला भ्रमण गरी नेपालको झण्डा बचाउ अभियानमा लागि परेको बताउनु हुन्छ । नेपालको सुर्यचन्द्र अंङ्कित झण्डा बचाउ अभियानमा लाग्दा सरकारी निकायबाटै अपमानित हुनु परेको दुःख पोख्नु हुन्छ शिल्पकार । यो अभियानमा लाग्दा शिल्पकारलाई गाली वेइज्जती गर्ने गरेको,पैसा तिरेर पनि खाना खान नदिएको गुनासो पोख्नु हुन्छ । शिल्पकार नेपालका ७६ जिल्ला पुगी सक्नु भएको छ । शिल्पकारले नेपालमा मात्र हैन भारतमा पुगेर समेत नेपालको झण्डा फहराउनु भएको छ । तर भारतमा पुगरेर भारतीय झण्डा फहराउँदा भारतीयबाट अपमानित हुनु परेको उहाँले बताउनु भयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com