लाखौंको संख्यामा नक्कली लाईसेन्स …आखिर कस्को रोहबरमा छापियो ? सक्कली चालकले चाँहि लाईसेन्स कहिले पाउँने सरकार ? ?

बजारमा पाईने हरेक वस्तुको डुब्लिकेट भर्जन आएको हामीले देखेका छौं नै । पछिल्लो समय नक्कली शैक्षिक प्रमाण पत्र ,नक्कली विवहा दर्ताको प्रमाणपत्र लगायतका अन्य कागजात पनि फर्जि बन्ने गरेका खबर पनि हामीले सुनेका छौं र कतिले देखेका पनि छौं तर यहाँहरु मध्ये धेरैलाई थाहा नहुन सक्छ कि अब त बजारमा नक्कली सवारी चालक अनुमति पत्र अर्थात सबैले बुझ्ने शब्दमा भन्नुपर्दा ‘लाईसेन्स ’ पनि पाईन थालेको छ । जुन कुराको प्रमाण यातायात क्षेत्रलाई नै व्यवस्थापन गर्न बनेको सरकारको महत्वपुर्ण निकाय यातायात व्यवस्था विभागले नै पुष्टि गरेको छ । जुन तथ्यांक विभागले आफ्नै अफिसिएल वेवसाईटबाटै सार्वजनिक गरेको थियो । मिथिला नेपाल टेलिभिजनको कुराकानीमा पनि विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सो कुराको जानकारी गराएका थिए । उनले भने ‘ हो १ लाख २ हजारको संख्यामा नक्कली लाईसेन्स वितरण भएको पाईएको छ ।’ त्यति मात्रै होईन उनले सो संख्या मध्ये अहिले २९ हजार लाईसेन्सलाई छानबिन गरि रद्द गर्ने प्रक्रियामा रहेको पनि बताए । बाँकी ७३ हजार लाईसेन्स चाँही के हुन्छ त भन्ने हाम्रो प्रश्नमा महानिर्देशक रिजालको जवाफ थियो । ‘ ति लाईसेन्सहरु यहाँबाट नभई प्रदेश मातहतका कार्यालयबाट भएका हुन । तिनको छानबिन गर्ने काम प्रदेशको हो । ’ल ठिक छ महानिर्देशक ज्यु त्यसोभए भन्नुस् न त ति २९ हजार नक्कली लाईसेन्स चाँही कहाँ छापिए ? यस्को बारेमा त जानकारी होला यहासंग ? ७३ हजार प्रदेश मातहतका कार्यालयबाट वितरण भएका हुन भने २९ हजार त यहाँकै नेतृत्वमा रहेको यातायात व्यवस्था विभागकै कार्यालयबाट वितरण भए हैन ? कि कसो ?

नक्कली लाईसेन्स वितरण भईरहेको तथ्यांक निकालि रहँदा आफ्नै कार्यालयलाई चोखो राख्न किन सक्नुभएन ? कि त अहिले कर्मचारीसंग यहाँको कुरो मिलेन ?
नभए यहाँ लाखौ सवारी चालकले लिखित , ट्रायल सबै परिक्षा पास गरि सबै प्रक्रिया पुरा गरि लाईसेन्सको पर्खाइमा वर्षौ कुर्दा लाईसेन्स छाप्न नसक्ने तर कुनै प्रक्रिया नपुराई , लाईसेन्सको कुनै परिक्षा नै नदिई ति कर्मचारीको गोजिमा पैसाको मुठो कोचिदिने ती नक्कली चालकलाई चाँहि तु का तु लाईसेन्स छापेर दिने ति भ्रष्ट कर्मचारीलाई किन पहिल्यै निगरानि गर्नु भएन ?या चाहानुभएन ? किन कुनै कारबाही गर्नु भएन ?

महानिर्देशक रिजाल स्वयंमले दैनिक ४ हजारको संख्यामा अहिले लाईसेन्सको माग रहेको र १५ लाख चालकले लाईसेन्स पाउन नसकेको बताए । उनका अनुसार अहिले विभागबाट लाईसेन्स छाप्ने काम अवरुद्ध छ रे…। महानिर्देशक ज्यु यहाँको कार्यालयको मसिनले नक्कली चालकको लाईसेन्स चाँही तु का तु छाप्ने अनि सक्कली सवारी चालकले लाईसेन्स लिन जाँदा भने मसिननै काम गर्दैन हैन ?

यहाँका कार्यालयमा दिनँहु आउने हजारौं सेवाग्राहीहरु ट्रायल पास गर्दा यहाँहरुले नै केहि समयका लागि काम चलाउन दिएको एउटा पर्चा बोकेर वर्षौदेखि राजश्व तिर्न जाँदा अलिकति पनि ति सेवाग्राहीले पाएको सास्तीबारेमा कहिल्यै सोच्नुभएको छ ? अलिकति पानि परेपनि भिजेर काम नलाग्ने हुन्छ । सवारी चलाउँदा पटकपटक ट्राफिकले रोकेर सास्ति दिन्छ । कति ट्राफिकले त त्यो पर्चालाई लाईसेन्सको दर्जा पनि दिदैनन् । यहाँहरुको कार्यालयले त्यहि एउटा कार्ड छाप्दा लाग्ने लागतको कयौं गुणा रकम चालकले ट्राफिकलाई बुझाईसके । कति रकम यहाँहरुको कार्यालयमा बुझाईसके । अनि ति चालकको समस्याको हेक्का खोई । यहाँहरुलाई अलिकति भएपनि लाज लाग्नुपर्ने होईन ?

यहाँहरुले एउटा कार्ड छाप्न बर्षौ लगाउने अनि जनतालाले कर चाँही तु का तु तिर्नु पर्ने ? यो कहाँको नियम हो महानिर्देशक ज्यु ?

पैसाको पावर भएसि जेल भित्रका कैदिले समेत लाईसेन्स पाउने तर वर्षौदेखि सरकारको ढुकुटीमा राजश्व बुझाउँदा समेत आम जनताले लाईसेन्स नपाउने ?

अपांगता भएका व्यक्तिलाई विभागको सेवा लिन सास्ति उस्तै…….

यातायात व्यवस्था विभागमा सेवा लिन जाने अपंगता भएका व्यक्तिको सास्ति त झन् कमको कहाँ छ र ? हामी रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा विभाग परिसरमा आफ्नो चार पाँग्रे सवारी दर्ता गर्न आएका सेवाग्राहीको निकै गुनासो थियो । उहाँहरुले हामीसंग आफुहरु अपांग भएकै कारण सजिलै सेवा पाउन नसकेको गुनासो पोख्नुभयो । ‘हेर्नुस् न हामी जस्ता अपांगता भएका व्यक्तिको लागि विभागको सेवा लिन निकै गाह्रो छ । जताततै सिडि नै सिडि छ । हामी आफैले गएर काम गर्न सक्दैनौ । सहयोगि चाहिन्छ । सहयोगिले पनि कर्मचारीहरुको अनेक प्रश्नको सामना गर्नुपर्ने हुन्छ । सुरक्षा गार्ड लगायत अन्य कर्मचारीको पनि हामीप्रति त्यति सहयोगि व्यवहार छैन ।’ यसबारेमा हाम्रो टिम विभागका महानिर्देशक रिजालको बुझ्न खोज्यौं । यसबारेमा रिजालले हामीलाई दिएको प्रतिक्रिया निकै हास्यास्पद सुनियो । ‘यो त भवनको स्ट्रक्चरल कुरा हो । ईन्जिनियरिंग पाटो हो ..।’ यहाँसम्म त ठिकै थियो त्यसपछिको रिजालको प्रतिक्रिया यस्तो थियो ।‘ अहिले हामिले त्यस्तो केहि गर्न सक्दैनौं तर जहाँ सम्म अपांगता भएको सेवाग्राहीकोे कुरा छ त्यस्तो अवस्थामा म स्वयंम नै तल गएर सेवा दिने गरेको छु ।’ उफ कति हाँस्नु…. महानिर्देशक ज्यु कति झुट बोल्नुहुन्छ ? हामी स्वयंम त्यहाँ पुग्दा घण्टौदेखि ति सेवाग्राही सेवाको पालो कुरेर बसिरहेका थिए । तपाईंका मातहतको कर्मचारीले त सेवा दिएको हामीले देखेनौं भने यहाँ कति बेला सेवा दिन तल झर्नु भयो ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com