केहि समय अघिदेखिको मिथला नेपाल टेलिभिजनले गरेको अनावश्यक ट्राफिक चेकिङ विरुद्धको रिर्पोटिङको प्रभाव सडकमा देखिएको छ ।
काठमाडौं उपत्यका अर्थात देशको संघिय राजधानीमा पछिल्लो समय अनावश्यक ट्राफिक चेकिङ अलि कम देखिएको हो । विशेषगरि ट्राफिक प्रहरीको मनपरि चेकिङले काठमाडौं उपत्यकामा आवागमन हुने सवारी साधन तथा उपत्यकाभित्रै चल्ने सवारी साधनका चालक निकै नै आजित थिए । यात्रामा हिड्दा ठाउँठाउँमा अनावश्यक चेकिङ गर्ने , सवारी चालकलाई अनावश्यक सोधपुछ गरेर हैरान बनाउने ट्राफिक प्रहरी अहिले सडकमा त्यति देखिएका छैनन् ।
जनताको सुरक्षाका लागि गरिने आवश्यक चेकिङ त ठिकै थियो तर तिनै जनतालाई नै वाक्क दिक्क बनाउने गरि ट्राफिक प्रहरीले अनावश्यक केरकार गर्ने ,चिट काट्ने लगायतका क्रियाकलापबाट जनतालाई अहिले केहिसमयका लागि भएपनि राहत महशुष भएको देखिएको छ ।
मिथिला नेपाल टेलिभिजनको टिमले ट्राफिक क्षेत्रको बेथितिका बारेका काठमाडौं ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जिवन कुमार श्रेष्ठसंग कुराकानी गरेको थियो । सो कुराकानी बाहिरिएपछि ट्राफिक प्रहरीबाटै आर्थिक रुपले समेत पिडित चालकहरुले आफ्ना समस्याहरु हामीलाई स–प्रमाण सहित पठाएका थिए । उनिहरुले बिना कसुर ट्राफिक प्रहरीले चिट काट्ने गरेको र चिटमा विवरण अर्कै लेख्ने गरेको भन्दै हामीलाई दुखेसो पोखेका थिए । प्रमाण सहितको दुखेसो आईसकेपछि हाम्रो टिम पुन ः ग्राउण्ड रिर्पोटिङ पुग्यौ । नभन्दै अरु ठाउँको कुरै छोड्नुस् देशकै ठुलो अन्र्तराष्ट्रिय विमानस्थलकै अगाडिको मुख्य सडकमै अनावश्यक ट्राफिक चेकिङ गरेको देखिएको थियो । हामीले के को चेकिङ हो भनेर बुझ्न खोज्दा डिउटीमा खटिएकि एक ट्राफिक प्रहरीको भनाई थियो ‘ यो हाम्रो नियमित चेकिंग हो । ’ ट्राफिक नियम अनुसार ट्राफिक चेकपोईन्ट भन्दा १००÷२०० मिटर पर नै सुचना बोर्ड राखिनुपर्छ । तर एयरपोर्ट कै अगाडि नोटिस बोर्डसंगै ट्राफिक प्रहरी टाँसिएर चेकिङ हुँदै थियो । अरुलाई नियम सिकाउने ट्राफिक प्रहरीले नै नियम पालना नगरेको देखियो ।
हाम्रो उपस्थिति पछि चेकिंग त रोकियो । आवश्यक चेकिङ थियो भने सायद रोकिदैन थियो होला । तर प्रश्न यहाँ छ कि अन्तर्राष्ट्रिय विमानस्थलकै अगाडि अनावश्यक चेकिङ हुँदा माथिल्लो निकायले के हेरिरहेको छ ?
त्यसको केहि समयपछि हामीले पछिल्लो ३ दिन लगातार रिंगरोडका मुख्य ट्राफिक चेक पोईन्टहरुमा निरिक्षण गर्दा कहिं कतै पनि त्यस्तो अनावश्यक चेकजाँज देखिएन । जनताको बिरोधले आत्तिएर होकि साँच्चि नै ट्राफिक प्रहरी सुध्रिएर हो या त दुई दिनको नाटक नै हो तर अनावश्यक चेकिङ भने कम भएको देखिएको छ ।।

English
MTV NEPAL MTVNEPAL


