सरकार भन्छ: नेपालमा टिकटक प्रतिबन्ध ,, प्रयोगकर्ता भन्छन् : हामीले चलाईराछौं त..आखिर वास्तविकता के हो ?

“सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको“ भन्दै नेपाल सरकारले कार्तिक २७ गते विश्वमै अहिलेको सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय ग¥यो । सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेकोे हुँदा त्यसबारे निर्णय लिएको बताइन् ।

यो निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको बन्यो । किनकी छिमेकि राष्ट्र भारतमा धेरै समय अघि नै टिकटकलाई प्रतिबन्ध गरेको थियो । ‘अवाञ्छित गतिविधि रोक्न’े र बालबालिकामा मोबाइलको लतले गम्भीर समस्या निम्त्याउँने देखिएपछि क्याबिनेटको धेरै पटकको छलफल पछि मात्रै यो निर्णय भएको सञ्चार मन्त्रालयले प्रतिक्रिया दियो ।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटड्यान्सले नेपालमा लागेको प्रतिबन्धबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिए पनि नेपालमा भने यसबारे विभिन्न तर्क विर्तक शुरु भयो । कैयौँले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठाए र उठाइरहेका छन् । यति सम्मकी यो नालायक सरकारले देशको विकासमा ध्यान दिनुको साटो एउटा नितान्त मनोञ्जनका लागि बनेको एपको पछि लागेको बताए । टिकटकलाई आफ्नो सर्वश्व ठान्ने केहि टिकटकरहरुले त सरकारविरुद्ध आन्दोलन नै थाले ,अदालतमा सम्म पनि धाए । कतिले सरकारको निर्णय संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत भएको भन्दै आलोचना गरे । तर यसविषयमा भने सरकारले कुनै ठोस प्रतिक्रिया दिएको छैन ।

नेपालमा टिकटक प्रतिबन्धको विरोध भएपनि समर्थन गर्ने पनि धेरै छन् । साँच्चै यो एपले गर्दा समाजमा उच्छृङ्खलता बढाएको र विशेषगरि महिला तथा युवाहरुमा छाडापनको लत बसेको भन्दै यो बन्द गर्नु सरकारको सकारात्मक निर्णय भएको बताए ।

हुनत् टिकटकबाट धेरै सकारात्मक फाईदा पनि भएको थियो । धेरैले टिकटकबाटै आफ्नो करियर निर्माण गरेका थिए । विभिन्न व्यपार व्यवसायको प्रचारप्रसार पनि टिकटकबाटै गरिँदै आएको थियो । कतिले त टिकटिकमै लाईभमा बसेर करोडौं रुपैया कमाएका थिए त कतिले सामाजिक कार्य पनि गर्दै आएका थिए । तर टिकटकबाट शुरु भएको बढ्दो उच्छृङ्खलतालाई पनि हामीले नर्कानु हुँदैन । टिकटकमा अनेक चटक देखाउने देखि ,अश्लिलता प्रदशनिको कम्पिटसन नै चलेको थियो पछिल्लो समय.. नारीलाई देविको प्रतिमा मानिने नेपाली समाजका नारीहरु खुलेआम नांगिन थालेका थिए । एउटा परिवारसंगै बसेर भिडियो हेर्न पनि लाजकोमर्दो स्थिति थियो । त्यसैले पनि नेपालमा टिकटक प्रतिबन्ध भएकोमा सहमति जनाउने पनि थुप्रै छन् ।

हुनत फेसबुक ,युट्युब लगायतका अन्य विभिन्न माध्यमहरुमा पनि अश्लिलता नदेखिएको होईन तर टिकटक धेरै प्रयोगकर्ताको पहुँचमा भएकोले पनि यो देखिएको हुन सक्छ ।

धेरै प्रयोगकर्ताले टिकटकलाई पुर्ण प्रतिबन्धको साटो नियमन गर्न सकिदैन र भन्ने प्रश्नहरु नगरेका पनि होईनन तर अन्य माध्यममा युजरले चाहेको खण्डमा त्यस्ता कन्टेन्टमा रिर्पोट गर्न सकिने लगायतका अन्य अपसनहरु भएको तर टिकटकमा नभएको भन्दै नियमन मात्रैका बारेमा सरकारले निर्णय लिईसकेको छैन ।

सरकारको निर्णय पालना गर्दै अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन् ।
तर के नेपालमा साँच्चै टिकटक बन्द भएको हो त ? भन्ने कुरा फेरि उठ्न थालेको छ । किनकि अझैं पनि धेरै युजरले टिकटक चलाईरहेकका देखिन्छन् । हामीसंगको कुराकानीमा एकजना टिकटक युजरले सरकारले बन्द गरेको भने पनि आफ्नो आईडि खुलि रहेको र आफुले टिकटक चलाईरहेको नै बताए । “उनले भने फोनको सेटिंग थोरै चेन्ज गर्नुपर्छ मज्जाले चल्छ । त्यस्तो सरकारले प्रतिबन्ध भने जस्तो त्यस्तो केहि छैन । अहिले पनि टिकटकमा धेरैजना Active नै छन् ।”

आखिर यसको वास्तविकता के हो भनेर बुझ्न हामीले पटकपटक सञ्चार तथा सुचना प्रविधि मन्त्रि रेखा शर्मासंग सम्पर्क गर्ने कोसिस ग¥यौ तर उहाँ हाम्रो सम्पर्कमा आउन चाहानु भएन । त्यसपछि हामीले मन्त्रालयका सहसचिव एवंम प्रवक्ता, नेत्र प्रसाद सुवेदिसंग कुराकानी गर्दा सुवेदिले अझैं प्राविधिक काम मिलाउने भईरहेकोले केहि समस्या आएको प्रतिक्रिण दिए । “पुर्ण प्रतिबन्ध या नियमन गर्ने यो विषय अझैं छलफलमै छ ,के गर्ने भन्नेबारेमा निर्णय अहिले नै निर्णय भईसकेको छैन ”।

मन्त्रालयको यो प्रतिक्रिया हेर्दा बिना कुनै अध्ययन, बिना कुनै तयारी नै सरकारको यो निर्णय गरेको देखिन्छ । हतारको काम लतार भने झैं सरकारले टिकटक प्रतिबन्धको निर्णय त ग¥यो तर यतिका दिन हुँदा पनि पुर्ण कार्यान्वयनमा ल्याउन सकेको छैन । बरु सरकारको हतारको निर्णयले समाजलाई झन् जोखिममा पारेको छ । टिकटकले सामाजिक सद्धभाव बिगा¥यो भनेर सरकारले गरेको निर्णयले समाजलाई आर्थिक संकटमा पनि पार्न थालेको छ । टिकटकको लतमा रुमलिएका प्रयोगकर्ताले टिकटक चलाउन अनेक उपाय अपनाईरहेका छन् । टिकटक Active गर्न VPN लगायतका विभिन्न माध्यम प्रयोग गर्दा ति युजरहरुको बैंक ब्यालेन्स सब चैट हुने जोखिम निम्तिएको छ । यसमा सरकारको पुर्ण गैरजिम्मेवारीपना प्रष्टिएको छ । प्रवृधि जस्तो कुरामा पनि सरकारले ख्यालठट्टा गरेको देखिन्छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com