तपाईंले कहिल्यै याद गर्नुभएको छ ? हामीले कुनै पनि सामान खरिद गर्दा त्यो समानलाई राम्रोसंग नियालौं भने त्यहाँ त्यो वस्तुको नाम ,त्यसमा प्रयोग गरिएको अन्य सामाग्री तथा त्यो वस्तु कुन ठाउँमा उत्पादन भएको हो सम्म प्याकिङसम्म लेखिएको हुन्छ । वस्तुको बाहिरि आवरणमै सबैकुरा प्रिन्ट गरिएको हुन्छ तर तपाईले कहिले याद गर्नुभएको छ ? कि हामी उपभोक्ताले जानकारी पाउनै पर्ने कुरा अर्थात त्यो वस्तुको उत्पादन मिति ,म्याद सकिने मिति तथा त्यो वस्तुको मुल्य अलि फरक तरिकाले उल्लेख गरिएको हुन्छ । हामीले कहिल्यै यो विषयमा गहिरिएर सोच्यौं । हरेक कुरा प्रिन्टेट गरि लेखिएकोमा यी कुरा मात्रै फरक ईङ्कले लेखिएको हुन्छ । त्यो वस्तुको यी कुरा उल्लेख गर्ने ठाउँमा……गरि छाडिएको हुन्छ भने ठयाक्कै त्यो ठाउँमा पछि कुनै स्ट्याम्पले छाप लगाएको जसरी उत्पादन मिति,म्याद सकिने मिति र मुल्य छाप लगाईएको हुन्छ । अझं कुनैकुनै वस्तुमा त हुलाकको चिठिमा लगाईने सानो स्टिकर जस्तो गरेर सिधैं मुल्य मात्र टाँसिएको हुन्छ । आखिर किन यस्तो ? हरेक कुराहरु उल्लेख गरि प्रिन्ट गरेर कवरिङ्ग गरिएको वस्तुमा उपभोक्ताले जान्ने पर्ने यी कुरामा कम्पनि किन चुक्यो ? आखिर यो भित्रको रहस्य के हो ?
संविधानको धारा ४४को दफा १ मा उपभोक्ताको हकका बारेमा नै लेखिएको छ । मौलिक हकमा लेखिएको यो धारामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ भनेर उल्लेख गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिका बारेमा सूचित हुन पाउने अधिकार लगायतका अन्य अधिकारहरु पनि उल्लेख गरेको छ ।
हो कुनै पनि वस्तुको प्याकिङ कवरमा उल्लेख गरिएको कुराहरु उपभोक्तालाई जान्नु आवश्यक छ तर सबैभन्दा महत्वपुर्ण कुरा त त्यो वस्तुको उत्पादन मिति र म्याद सकिने मिति होईन ? त्यो कुरा नै स्पष्ट नभए उपभोक्ताले कसरी गुणस्तरीय वस्तुको उपभोग गर्न पाउँछन् ?
नुन,तेल,खाद्यान्य लगायत हामीले खाने चाउचाउ देखि अन्य तयारी खाद्य पदार्थ लगायत हरेक दैनिक उपभोग्य वस्तुहरुको अवस्था त्यहि छ । त्यति मात्रै नभई हामी बिरामी हुँदा निको हुनका लागि खाने औषधिको अवस्था पनि त्यस्तै छ भनेपछि उपभोक्ताहरुले अवस्था कस्तो होला ?
एकचोटी सोचौं त….. हामी स्वयंम नै अनविज्ञ छौं की हामीले हामीले उपभोग गरिरहेका वस्तुहरु साँच्चिनै हाम्रो स्वास्थ्यका लागि ठिक छ वा छैन ? हामीले प्रयोग गरि रहेका वस्तु गुणस्तर छन् या गुणस्तरहिन त्यो हामीलाई थाहा छैन भनेपछि हाम्रो पछिको अवस्था कस्तो होला ? हाम्रा सन्ततिको स्वास्थ्य कस्तो होला ? शारिरिक रुपमा मात्रै होईन यसले हामीलाई आर्थिक रुपमा कति प्रभाव पारिरहेको छ ? यो हामीले सोच्न जरुरी छ कि छैन ? कतै हामीले नै हाम्रा सन्ततिलाई विष दिईरहेका त छैनौं या स्वयंम हामीले नै बाँच्न भनेर प्रयोग गरेका वस्तुले कतै हामीलाई नाश गर्ने काम त गरेका छैनन् ?
यसविषयमा कुराकानी गर्न हामीले उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्याति बाँनियासंग कुराकानी गर्न कोशिस ग¥र्यौ । व्यस्तताको बहानामा उहाँले बोल्न चाहानुभएन ।
उता यसै विषयमा सरोकार राख्ने सरकारकै ठुलो निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिर्ष कर्मचारीलाई वैदेशिक भ्रमण गर्न ठिक्क छ । कोहि छुटिमा छु बोल्न मिल्दैन भन्छन् त कार्यालयमै उपस्थित भएका कर्मचारीको हात जाडोले कठ्यांग्रिएर होला फोन उठ्दैन । उपभोक्ताले कस्तो वस्तु प्रयोग गरिरहेको छन् ? उनिहरुको स्वास्थ्यमा यसले कस्तो प्रभाव पारिरहेको छ ? बजारमा कस्ता वस्तुहरुको खरिद बिक्रि भईरहेको छ ? मतलब नै छैन । बस उपभोक्ताको नाममा पैसो खायो बस्यो । भनेपछि नेपाली उपभोक्ताको स्वाथ्यमा माथि खेलखाड गर्न कति राजनिति भएको रहेछ त श्र कति तत्व लागिरहेका छन् त तपाईं स्वंयमले नै मुल्यांकन गर्न सक्नुहुन्छ ।
अब हामी स्वयंम उपभोक्ताले नै आफ्नो अधिकारको लागि लड्ने दिन आएको छ । हरेक उपभोक्ताले आफुले उपभोग गरिरहेको सामान कहिले उत्पादन भएको हो ? कतै यसको म्याद सकिएको त छैन भन्दै प्रश्न गर्नु जरुरी छ । हरेक उपभाक्ताले अब स्टयाम्प लगाएको नक्कली Mfg/Exp Date / Rs. होईन बारकोडको माग गर्न जरुरी छ । जस्मा कुनैपनि वस्तुको वास्तविक उत्पादन मिति,म्याद सकिने मिति लगायतका अत्य विवरणहरु स्पष्ट रुपमा उल्लेख गरिएको होस् ।

English
MTV NEPAL MTVNEPAL


