हो ,औषधि हामी बिरामी हुँदा त्यो रोगबाट निको हुन/बाँच्न प्रयोग गर्छौ । यो बच्चादेखि बुढा सबैले प्रयोग गर्नपर्ने वस्तु हो तर तपाईंलले कहिल्यै अन्दाज गर्नुभएको छ ? कि हामी बिरामी भएर निको हुन प्रयोग गर्ने औषधिमा समेत कतिसम्मको खेलवाड हुँदै आएको छ भनेर?
एकचोटी आफुले प्रयोग गरिरहेको कुनैपनि औषधिलाई राम्रोसंग नियाल्नुस् त …त्यहाँ त्यो औषधि नाम ,त्यसमा प्रयोग गरिएको अन्य सामाग्री तथा त्यो वस्तु कुन ठाउँमा उत्पादन भएको हो सम्म बाहिरि आवरणमै सबैकुरा प्रिन्ट गरिएको हुन्छ तर तपाईले कहिले याद गर्नुभएको छ ? कि हामी उपभोक्ताले जानकारी पाउनै पर्ने कुरा अर्थात त्यो औषधिको उत्पादन मिति ,म्याद सकिने मिति तथा त्यो औषधिको मुल्य उल्लेख गर्ने ठाउँमा……गरि छाडिएको हुन्छ भने ठयाक्कै त्यो ठाउँमा पछि कुनै स्ट्याम्पले छाप लगाएको जसरी उत्पादन मिति,म्याद सकिने मिति र मुल्य छाप लगाईएको हुन्छ । यो हरेक वस्तुहरुको कवरमा देखिन्छ । तर औषधि जस्तो संवेनशिल विषमा पनि यस्तो लापरवाहि ? किन ?औषधि मानिसलाई बचाउन चाहिने हो कि मार्न ?
संविधानको धारा ४४को दफा १ मा उपभोक्ताको हकका बारेमा नै लेखिएको छ । मौलिक हकमा लेखिएको यो धारामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ भनेर उल्लेख गरिएको छ । तर हामी बाँच्नका लागि खाने औषधिकै गुणस्तर कस्तो छ बिरामीलाई थाहा छैन अरु वस्तुको गुणस्तरको के कुरा गर्नु ?
उपभोक्ता संरक्षण ऐन, २०७५ ले पनि वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिका बारेमा सूचित हुन पाउने अधिकार लगायतका अन्य अधिकारहरु पनि उल्लेख गरेको छ । तर स्वयंम उपभोक्ता अधिकारकर्मिलाई नै उपभोक्ताले भोगिरहेको सास्तिको वास्ता छैन ।
उपभोक्ता हित संरक्षण मञ्च भनेर गठन गरिएको संस्थालाई नै वास्तवमा उपभोक्ता कस्तो अवस्थाबाट गुज्रिरहेका छन् भन्ने हेक्का छैन । कुनैपनि वस्तुको Mfg.Date, Exp Date र Rs. मात्रै किन स्ट्याम्प गरेको हुन्छ ? तपाईहरुलाई हेक्का छ ? यसविषयमा कहिल्यै गहन तरिकाले सोच्नुभएको छ भनेर सोध्दा मञ्चका अध्यक्ष ज्योति बाँनियाले भने “कुनैपनि वस्तुको Mfg.Date, Exp Date र Rs. राख्ने अधिकार त्यो वस्तुको आयातकर्ताको हातमा छ । यसविषयमा मलाई अरु खासै जानकारी छैन ” ।
त्यसो भए वस्तु जहिले उत्पादन भएपनि ,जहिले प्याकिङ भएपनि आयातकर्ताले जहिले खरिद गर्छन त्यहि अनुसार सबै विवरण उल्लेख गर्ने भए नेपाली उपभोक्ता त संधै लुटिदैआएका रैछन् होईन ?
उपभोक्ता लुटिएको थाहा नहुने ,उपभोक्ताले कस्तो वस्तु उपभोग गरिरहेका छन् त्यो थाहा छैन भने अध्यक्ष ज्यु त्यसो भए किन उपभोक्ता अधिकारको नारा लायर हिँड्नुहुन्छ त ? सस्तो लोकप्रियताको लागि ?
यता औषधि व्यवस्था विभागको ताल उस्तै छ । औषधि व्यवस्था विभाग ताल नै उस्तै नामै त Department Of Drug Administration …साँच्चै नै औषधिलाई ड्रग्स जसरी वितरण गरिएको छ । त्यो औषधिको म्याद छ ÷छैन । बजारमा पु¥यायो । बिरामीले एकचोटी औषधि खाँदा निको हुँदैन । औषधि नै कहिले बनेको थाहा हुँदैन कसरी निको होस् । फामेर्सिमा औषधि किन्न गयो समस्या सानो भएपनि तरकारीवालाले तरकारी भिडाए जसरी औषधि भिडाएर पठाउँछन् । हुने खानेले त राम्रै ठाउँमा उपचार गर्छन निको हुन्छन् । दुख पिडा त्यहि गरिबमाथि नै । पुर्ण निको हुने गरि गरिबको उपचार हुँदैन यहाँ…. सास फेर्न पनि औषधिकै भर पर्नुपर्ने बनाईन्छ । त्यहि म्याद गुज्रिएको औषधि किन्दा किन्दा नसकेर अस्पतालमै बिरामी छोडेर हिँड्न बाध्य छन् जनता तर यहाँ कसलाई सरोकार छ र ? रोगलाई व्यापार बनाईएको छ बजारमा तर कसलाई चाँसो छ ? ठुलाबडा नेता ,मन्त्रि ,प्रधानमन्त्रिलाई थोरै खोकि लाग्यो ,पखाला लाग्यो भने पनि अमेरिका ,अष्ट्रेलिया पुग्छन् तर तिनै मन्त्रि ,प्रधानमन्त्रि बनाउने जनता आज म्याद गुज्रिएको औषधि खाएर मर्न बाध्य छन् । पढ्न आउँदैन । के कसरी थाहा पाउनु , पढ्न आएर आवाज उठाएपनि यहाँ कसले सुनिदिने ?

English
MTV NEPAL MTVNEPAL


