म्यानपावरको संख्या ८२५ कायम रहने ।

काठमाडौं,१८ भदौ । म्यानपावरको बढेको धरौटी राख्ने आज अन्तिम दिन ४ः३० बजे सम्म ८०८ म्यानपावर कम्पनीहरुले संसोधित वैदेशिक रोजगार ऐन २०६४ अनुसार थप बैँक ग्यारेन्टी राखेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्म कुमार भुषालका अनुसार २ वटा म्यानपावर कम्पनी मिलेर १०८,तीन म्यानपावर कम्पनी मिलेर १३ म्यानपावर कम्पनी,४ वटा म्यानपावर कम्पनी मिलेर ९,५ म्यानपावर कम्पनी मिलेर २ म्यानपावर कम्पनी र ६ म्यानपावर कम्पनी मिलेर १ म्यानपावर कम्पनी कायम भएका छन् । भोलि सम्म यकिन संख्या आउनेछ ।

 

३०७ म्यानपावर कम्पनी गाभिएर १३३ कायम भएको महानिर्देशक भुषालले जानकारी दिनु भयो । महानिर्देशक भुषालका अनुसार ८२५ को हाराहारीमा म्यानपावर कम्पनीहरु कायम रहने छन् । आज अबेर सम्म बसेर भए पनि थप बैँक ग्यारेन्टी र धरौटी लिने महानिर्देशक भुषालले उल्लेख गर्नु भयो । विभागले अपेक्षा गरे भन्दा बढी म्यानपावर कम्पनीहरु कायम रहेको बताउँदै बैँक ग्यारेन्टीले गर्दा म्यानपावर कम्पनीलाई नयाँ बढेको धरौटी राख्न सहज भएको छ ।
संसोधित वैदेशिक रोजगार ऐन २०६४ बमोजिम बढेको धरौटी राख्न बैँकहरुले म्यानपावर कम्पनीलाई सहज वातावरण बनाएका हुन । शुरुका दिनमा पाँच वर्षको लागि डेढ करोड जमानीको लागि ४० लाख थियो भने पछिल्लो समय ४० लाख बाट घटाएर १६ लाख बनाए पछि बैँक ग्यारेन्टी राख्न म्यानपावर कम्पनीहरुलाई सहज भएको छ बैँकले दिएको सुविधाले गर्दा बैँक ग्यारेन्टी राखेर कम्पनी कायम राख्ने म्यानपावरको संख्या अपेक्षा गरे भन्दा बढी भएको महानिर्देशक भुषालले जानकारी दिनु भयो । म्यानपावरको बढेको धरौटीले गर्दा बैँकहरुको कारोवार एक्कासी बढेको छ । तीन वर्षकोलागि नविकरण भएका केही म्यानपावर कम्पनीले उच्च अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले यही २५ गतेकोलागि छलफलमा बोलाएको जानकारी महानिर्देकले दिनु भयो । मुद्दा दायर गर्ने म्यानपावर कम्पनीले नविकरण भएको अवधि सम्म आफुहरुले कारोवार गर्न पाउने माग दाबी राखेका छन् ।
म्यानपावरको संख्या बढी भएर अनुगमन गर्न असहज भएको भन्दै आएको विभागले नयाँ धरौटी पछि कायम रहेका म्यानपावरको अनुगमन गर्न केही सहज हुने अनुमान गरिएको छ । म्यानपावरको संख्या घटेपछि अनुगमनमा सहजता आउने विभागका महानिर्देशक भुषालले बताउनु भयो ।
म्यानपावर कम्पनीले राखेको नगद धरौटीको ९० प्रतिशत फिक्स डिपोजिटको ७५ प्रतिशत वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा,२५ प्रतिशत वैदेशिक रोजगार कोषमा जम्मा हुने र उक्त २५ प्रतिशत रकम वैदेशिक रोजगार सँग सम्बन्धित अध्ययान अनुसन्धान र वैदेशिक रोजगारीलाई सहज बनाउने कार्यमा लगानी हुनेछ । बाँकी १० प्रतिशत व्याज रकम म्यानपावरको धरौटी खातामा जम्मा हुनेछ ।
विभागले वैदेशिक रोजगारीमा जाने कामदारको वा उनीहरुका आफन्तको खाता नम्बर श्रम स्वीकृति लिँदा अनिवार्य गरेको छ । १० मिनेटमै कामदारको बैँक खाता खोल्न बैँकहरु तयार रहेको जानकारी विभागका महानिर्देशक डा.भुषालले दिनु भयो । विभागको ताहाचल कार्यालयमा खाता नम्बर अनिवार्य गरिएको छ । वुटवल र जनकपुरका श्रम कार्यालयलाई समेत कामदारको खाता अनिवार्य गर्न पत्राचार गरिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले खाता उत्साहाजनक तरिकाले पेश गरेको विभागले जानकारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com