कम्पनीका संचालक तलब नदिई फरारः डेढ सय नेपालीहरुको कतारमा बेहाल ।

कतारमा डेढ सय नेपालीहरु अलपत्र परेका छन् । उनीहरु कतार स्थित हम्टान नामक कम्पनीमा काम गर्दै आएका थिए । हाल हम्टान अन्तराष्ट्रिय कम्पनीका मालिक नै कामदारलाई तलब नदिई बेपत्ता भएको बताएको छ । उक्त कम्पनीमा १ सय ४९ नेपालीहरु रहेको र बाँकी ९ सय विदेशीहरु रहेको जनाएको छ । कम्पनीका गत मे महिना देखि नै तलब नपाएको जानकारी छ । अलपत्र परेका नेपालीहरुको खाना बस्नमा अपठ्यारो भएको छ । हाल भारतीय दूतावास, कतार च्यारिटी संस्था,लुलु हाइपरमार्केट,गोरखा सेवा र लमजुड्ड सेवाहरुले खानाको बन्दोबस गराईर्दिएको छ । च्यारिटीबाटै आएको चीजले हाल निरभा गरेको पीडितहरुले बताएका छन् । काम गरि रहेको कम्पनी अनिश्ति कालमा बन्द भएका कतारको नियम र कानुन अनुसार कामदारलाई बक्यौता भुक्तानी आफनै देश फर्काईदिनु पर्छ । पीडित नेपालीहरुले गत मगङबार नेपाली दूतावास पुगेका थिए र दूतावासमा पिडित नेपालीहरुले स्वदेश फर्काईदिन आग्रह गरेका थिए । तर दूतावासले भने जो अर्को कम्पनी जान चाहानेलाई रोजगारदाता परिवर्तन गरिदिने बताएका थिए । दूतावासबाट सबै नेपालीहरुको टिकट गरी फिर्ता ल्याउन नसक्ने बताएका छन् । कतिपय पिडित स्वदेश फर्केन खोजेका तर दशैँको बेलामा हवाई टिकट महंगो हुने भएकाले चिन्ता गरेका पाइयो । तर कोहि भने उतै बसेर तलब पाइन्छ कि भनि मुद्दा गर्ने बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com