दशैँका लागि नयाँ नोट साट्न आज देखि पाइने ।

काठमाडौं । नेपालीहरुको महान चाँड दशँमा रातो टिका र जमरा लगाईदिने र दक्षिणा दिने चलन पनि छ । आफू भन्दा ठूलाले सानाहरुलाई हात खाली नहोस् भन्दै नयाँ नोट दक्षिणा दिई आशीर्वाद दिईन्छ । त्यही कुरालाई ध्यानमा राखी आजबाट नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २र२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ ।नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ ।राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com