अमेरिका र भारतको बीचमा रुस ः भारतसँग रिसायो अमेरिका ।

वासिङटन : अमेरिकाले सिनेट र राष्ट्रपतिका तर्फबाट रूसी हतियार खरिद गर्न दिइएको छुट निकै सीमित भएको बताएको छ। रूसी रक्षा उपकरण प्रयोग गर्दै आएका देशमा समस्या नआओस् भनेर मात्रै यस्तो छुट दिइएको अमेरिकाले स्पष्ट पारेको छ।भारतले ५ अर्ब ४० करोड अमेरिकी डलरको रूसी एस(४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिदमा हस्ताक्षर गरेलगत्तै अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको हो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का एक प्रवक्ताले भने, ‘यो काउन्टरिङ अमेरिकाज एडभर्सरिज थ्रु सेन्क्सन्स एक्ट ९काट्सा० छुट निकै सीमित छ। यसको उद्देश्य रूसी उपकरणबाट मुक्त गराउनु हो। यसअघि खरिद गरिएका रक्षा उपकरणका पार्टपुर्जा जस्ता सामग्री किन्न छुट छ।’भारतले आफ्नो प्रतिरक्षाका लागि एस(४०० क्षेप्यास्त्र रक्षा प्रणाली खरिद गरेको स्पष्ट पारेको छ। कुनै पनि खाले क्षेप्यास्त्र आक्रमण गरिए यी क्षेप्यास्त्रले विफल बनाउने भारतको भनाइ छ। अमेरिका(भारत रणनीतिक एवं सहभागी मञ्चका अध्यक्ष मुकेश आघीले भने, ‘भारत निकै अशान्त र परमाणु शक्ति सम्पन्न क्षेत्रमा छ। एस(४०० बाट भारतलाई भरोसा मिल्नेछ। हाम्रा मित्रहरूलाई थाहा छ, रूससँग यी क्षेप्यास्त्र किन्ने प्रक्रिया वर्षौंपूर्व शुरु भएको थियो। यसै कारण अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउने छैन।’अमेरिकी राष्ट्रपतिका तर्फबाट दिइएको छुटमा ९काट्सा० प्रतिबन्ध एस(४०० क्षेप्यास्त्र रक्षा प्रणाली जस्ता महत्वपूर्ण खरिदमा लागू हुन्छ। यो नियम देखाउँदै अमेरिकाले भारतलाई एस(४०० क्षेप्यास्त्र नकिन्न अनुरोध गरेको थियो।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com