शनिबार प्यालेस्टाइनको आतंककारी समूह हमासले इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमलामा ग¥यो । जसमा परि १० नेपाली विद्यार्थीको ज्यान गएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय,त्रिभुवन विश्वविद्यालय तथा सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी अहिले त्यहाँ रहेको छन् । कृषि स्नातक पछी पढ्दै कमाउदै ( Learn and Earn program )कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका नेपाली विद्यार्थीहरुको आतंककारी हमालामा परि मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरु परेका छन् । केहि घाईते भएर हस्पिटलाईज्ड भएका छन् भने कयौं विद्यार्थी सम्पर्कविहिन छन् ।
यसै बिच त्यहाँ अलपत्र परेका विद्यार्थीले आफुहरुलाई उद्दार गरिदिन नेपाल सरकारलाई अपिल गरिरहेका छन् ।
विभिन्न देशबाट विभिन्न प्रायोजनका निमित्त त्यहाँ पुगेर हमलामा परेका नागरिकलाई सम्बन्धित देशहरुले उद्दार गरि आफ्नो देश फिर्ता लगिसकेका छन् । तर १०÷१० जना निर्दोष विद्यार्थीको ज्यान गईसक्दा पनि नेपाल सरकारले उद्दारका लागि कुनै पहल गरेको छैन ।
त्यहाँको अवस्था झनै जटिल बनिरहेको भन्दै अब सरकारले ढिलो गरेको खण्डमा आफुहरुको ज्यान पनि जाने भन्दै विभिन्न माध्यमद्धारा आफुहरुलाई बचाउन ती विद्यार्थीहरुले हार गुहार गरिरहँदा पनि नेपाल सरकार निरिह बनेको छ ?
केहि घण्टा अघि मात्रै ईजरायलमा फसेका विपिन सुवेदीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आफू लगायत अन्य साथीहरु तीन दिनदेखि बंकरभित्र मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको र अवस्था निकै नाजुक रहेको भन्दै सरकारलाई आफुहरुको उद्दार गरिदिन आग्रह गरेका छन् ।
उनले भिडियोमा भनेका छन् “घरकालाई तनाव हुन्छ भनेर भिडियो बनाएनम् तर आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुप¥यो । बंकरभित्र छौं यहाँ पनि कुन बेला मरिने हो टुङ्गो छैन । ”
छिमेकि मुलुक भारतले समेत त्यहाँ फसेका कलाकारलाई आईतबारै उद्दार गरिसक्यो । प्रधानमन्त्री ज्यु आखिर किन तपाई यसरी मौन हुनुहुन्छ ? किन केहि पहल गरिरहनु भएको छैन ? के अरु निर्दोष विद्यार्थीको पनि यसरीनै ज्यान गएको खबर सुन्ने प्रतिक्षामा बसिरहनुभएको छ हो ?
ती निर्दोष विद्यार्थीहरुलाई तत्काल कुटनितिक पहल गरी बचाउने तर्फ लाग्नुपर्दैन । त्यहाँ विद्यार्थीमात्रै मरिरहेका छैनन् यता उनिहरुको परिवार मरिरहेको छ । यस्तो अवस्था पनि केहि पहलकदमी नगर्ने सरकार देखेर युवाहरुको आशा मरिरहेको छ । बिन्ति छ सरकार…. उनिहरुको उपचार र सुरक्षाको सुनिश्चितता सहित स्वदेश फिर्ता हुने व्यवस्था मिलाउनुप¥यो ।।

English
MTV NEPAL MTVNEPAL


