नेपालका खेलाडी अब्बल तर उपलब्धि… ? एसियाडमा राखेपको मनपरि,,मन्त्रालय भने बेखबर किन ? आखिर दोष कस्को त ?

एसियाड सकिएको केहिदिन मात्रै भयो । ईतिहासकै सबैभन्दा ठुलो टोली (२ सय ५३ खेलाडी) चिन पठाएको नेपालले केवल एक रजत (कराते )र एक कास्य (महिला कबड्डी) गरि दुई वटा पदक मात्रै हात पा¥यो ।
२१ करोड लागानी भएको यो खेलमा नेपालले के पायो ? र के गुमायो ? भन्ने कुरा त प्रष्ट्रै छ । यस हिसाबले विभिन्न पक्षको मुल्यांकन गर्दा यसपटको एसियाड पनि विवादबाट अछुतो रहन सकेन । विशेष गरि राष्ट्रिय खेलकुद परिषद्ले गरेको मनपरि खेल व्यवस्थापक नियुक्तिको विषयले चर्चा पायो तर राखेप उपाध्यक्ष शिव कोईरालाले यसरी हरेक कुरालाई नकारात्मक रुपमा लिन नहुने बताउनुहुन्छ । हाम्रो प्रश्नलाईं मोड्दै उहाँले अरु देशसंग तुलना गरेर नकारात्मकता फैलाउने काम भएको भन्दैे कम्तिमा पनि दुई वटा मेडल आएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने जवाफ दिनुभयो ।

उपाध्यक्ष ज्यु त्यसो भए त्यत्रो २५३ जनालाई चाँही भ्रमणमा लानु भएको हो ? राज्यको २१ करोड लगानी बालुवामा पानी खनाए झैं भाको छ अंझ यसलाई सकारात्मक रुपमा लिनु पर्ने ? बरु सिधैं स्विकार्नुस् न खेलाडीको नाममा त्यो रकममा अरुले नै रजाँई गरेको हुन् भनेर । नभए त हाम्रा खेलाडीले विभिन्न वाधा व्यवधानका बिच पनि संधै आफुलाई अब्बल सावित गर्दै आएका छन् र आगामी दिनमा पनि गर्नेछन् ।
विभिन्न अभाव र दबाबका बिच पनि जिल्ला,क्षेत्र,हँदै राष्ट्रिय स्तरमा च्याम्पियन बनेर एसियाड खेल्न पुगेका नेपालका खेलाडीको हौसलाको कत्ति कमि थिएन । तर हाम्रा खोलाडीहरु अब्बल हुँदा हुँदै पनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । यो यहाँहरुले नै निर्माण गर्दिएको वातावरणले होईन ? ति निर्दोष खेलाडीको नाममा कति त्यो फोहोरी राजनिति गर्नुहुन्छ ?

एउटा खेल छ अर्कै खेलको प्रशिक्षक ,ब्यस्थापक छ अनि कसरी पाउँछन् उनिहरुले सफलता ? यसमा ध्यान दिनुपर्दैन ?

विभिन्न खेलकुद संघहरु आफुहरुलाई कुनै सुईंको नै नदिई राखेपले खेल व्यवस्थापक मनपरि तवरले नियुक्ति गरेको आरोप लगाईरहँदा उपाध्यक्ष कोईरालाले मनपरि नभई संघले निर्णय गर्न नसकेपछि परिषद् नै निर्णय गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो आरोप सरासर गलत हो म यसको खण्डन गर्छु , संघहरुले नै निर्णय गर्न नसकेपछि हामीले निर्णय गरेको हो जुन हाम्रो दायित्व हो । जहाँसम्म दिपक श्रेष्ठ र दिपक बिष्टको कुरा छ उहाँहरुलाई व्यवस्थापकमा नियुक्त गरेर लैंजादा मलाई कुनै पछुतो छैन । उहाँहरु अब्बल हुनुहुन्छ ,अनुभवि हुनुहुन्छ त्यसैले लगिएको हो ।”

उपाध्यक्ष ज्यु कस्तो अपत्यारिलो कुरा गर्नुभएको ? कुन खेल संघले चाँहि सम्बन्धित खेलसंग कुनै सरोकार नै नभएको व्यक्तिलाई नियुक्ति गर भन्छ ? अनि दिपक विष्ट,दिपक श्रेष्ठ..उहाँहरु आफ्नै खेल छ जहाँबाट उहाँहरुले प्रतिष्ठा पाउनुभएको छ उहाँहरुलाई सम्बन्धित खेलकै व्यवस्थापकमा चाँहि किन नियुक्ति दिन सक्नुभएन ? परिषदका कर्मचारी छट्लान भनेर ?

जबकी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद –६ मा नै संघ गठन र दर्ताको दफा अन्तर्गत खेल संघ स्थापना गर्न सकिनेको दफा (५) (घ) ले परिषद्को कर्मचारी वा प्रशिक्षक खेल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भन्ने प्रष्ट पारेको छ ।
ऐन नियममाथी नै टेकेर कर्मचारी ,अझैं भएन भनेर तिनका श्रीमति ,त्यतिले नि नपुगेर खेलसंग सरोकार नै नराख्ने गैर व्यक्तिलाई नियुक्ति गर्ने अधिकार यहाँलाई कसले दियो ?

उपाध्यक्ष कोईरालाले राज्यले नै खेलकुद क्षेत्रलाई हेपेको र आवश्यक बजेट नै नछुट्याएको कारण खेलकुदमा सोचे अनुरुपको प्रगति हुन नसकेको बताउनुभयो । बिना लगानी प्रतिफको आशा गर्न नहुने उहाँको भनाँई छ ।

उपाध्यक्ष ज्यु ..पहिला जति छुट्याइएको छ त्यतिको बजेटको त उचित सदुपयोग गर्नुस् । विशुद्ध खेल र खेलाडी निम्ति त खर्च गर्नुस् । त्यसपछि कमजोरी के कुरामा रैछ भन्ने त पत्ता लागि हाल्छ नि ।

यता युवा तथा खेलकुद मन्त्रालयले एसियाडमा नेपालले सोचेअनुरुपको सफलता हासिल गर्न नसक्नुमा खेलाडी नभई व्यवस्थापिय टिम जिम्मेवार रहको बताएको छ । मन्त्रालयले खेलकुदको जिम्मेवारी राष्ट्रिय खेलकुदलाई नै दिईसकेपछि यी सबै विषयमा परिषद् जिम्मेवार हुनुपर्नेमा परिषद् नै गरै जिम्मेवार बनेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता कुमार प्रसाद दाहालले बताउनुभयो । “मन्त्रालयको पनि जिम्मेवारी हुन्छ तर मुख्य जिम्मेवार राष्ट्रिय खेलकुद परिषद् हो तर परिषद्ले पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेको देखिएन् । जहाँसम्म एसियाडमा जम्बो टोलीको विषय छ । २५३ को टोली नै किन समावेश गरिएको हो ? व्यवस्थापक कसरी चुनिएको हो राखेपले मन्न्त्रालयसंग कुनै समन्वय नै गरेन ।

तर सहसचिव ज्यु समन्वयनै गरेन भनेर मन्त्रालय यसरी पन्छिन् पाईन्छ ? राखेपको अभिभावक मन्त्रालय होईन र? छोराछारीले सोध्दैनन् भनेर बा–आमाले पनि छोराछोरीको चासो राख्न छोड्छन् र ?

बजेटको विषयमा प्रवक्ता दाहालले मन्त्रालयले खेलकुदका लागि आवश्यक बजेट छुट्याएपनि यसको उचित सदुपयोग नगरिएको स्विकार गर्नुभयो । “हामीले बजेट छ्टयाएको हुन्छौं तर त्यो रकम खेल ÷ खेलाडीको हितका लागि भन्दा पनि बाह्य कुरामा खर्च गरि दुरुपयोग गरेको पाइयो । त्यसैले पनि खेलाडी मारमा परेका छन् आवश्यक खेल पुर्वाधार निर्माण हुन सकेका छैनन् , खेलकुदको रकममा ठगि गरेको पाईएको छ ।”

प्रवक्ता ज्यु यतिका कुरा थाहा भएपनि खै त निरिक्षण गर्नुभएको ? भनेर मात्र बोलेर मात्र हुन्छ ? एकअर्कालाई आरोपप्रत्यारोप गरेर मात्रै हुन्छ ? आवश्यक कामकारवाही गर्नुपर्दैन ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com