राष्ट्रिय खेलकुद परिषद्ले बजेट अभावका कारण खेलकुदमा सोचेअनुरुपको प्रगति गर्न नसकेको प्रतिक्रिया दिईरहँदा खेलकुद मन्त्रालयले भने राखेपले खेलकुदको नाममा छुट्याएको रकमको दुरुपयोग गरेको आरोप लगाएको छ । त्यत्रि मात्रै होईन हालै सम्पन्न एसियाडमा नेपालले सोचेअनुरुपमा प्रदर्शन गर्न नसक्नुमा खेलाडीको नभई राखेकै कमिकमजोरी रहेको मन्त्रालयले औंल्याएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता कुमार प्रसाद दाहालले विभिन्न समस्याका बावजुद पनि मन्त्रालयले खेलकुदका लागि आवश्यक बजेट छुट्याएको भएपनि राखेपले सो बजेटमा मनपरि गरेको बताउनुभयो । “खेलकुदमा बजेट नभएको होईन तर जसलाई खेलकुदको पुर्ण जिम्मेवारी दिईएको छ सोही निकायले नै रकमको दुरुपयोग गरेका पाएका छौं । जहाँसम्म एसियाडमा नेपालको प्रदर्शनको कुरा छ यसको पुर्ण जिम्मेवार निकाय राष्ट्रिय खेलकुदको परिषद् नै हो । हाम्रा खेलाडी अब्बल छन् तर देशमा आवश्यक खेल पुर्वाधार बनेका छैनन् ,खेलकुदको रकम यति ठगिएको छ । जुन हाम्रा खेलाडीले पाउनुपर्ने सेवा सविधा पाएका छैनन् ,राष्ट्रिय खेलकुद परिषद्ले पनि यसमा चासो दिएको देखिदैन ।”
राखेपको क्षमता राम्रोसंग देखिएको भन्दै उहाँले जबसम्म हाम्रा निति तथा पुर्वाधारहरु खेलकुद ओरिएन्टेट हुँदैन तबसम्म खेलकुदको विकास हुनै नसक्ने बताउनुभयो । “यो हाम्रो खेलाडीको कमजोरी नभई वस्थापकिय कमजोरी हो ।”
खेलकुदका लागि जति रकम छुट्याइएको छ त्यसको सदुपयोग गरेको खण्डमा मात्रै पनि नेपालले जस्तासुकै प्रतियोगितामा पनि सोचेअनुरुपको नतिजा दिन सक्ने उहाँको भनाई छ ।
प्रवक्ता ज्यु राखेपले बजेट दुरुपयोग गरेको भन्ने थाहा छ भने किन निरिक्षण गर्नुभएन ? आवश्यक कारवाही किन गर्नुभएन ? कि त बाहिरबाहिर आक्षेप लगाउने भित्र भित्र मन्त्रालयको नै सेटिङ्ग त छैन बजेट दुरुपयोगमा ?
एसियाडका विषयमा मन्त्रालयको असन्तुष्टि त्यति मै मात्र समित छैन । एसियाडमा यत्रो जम्बो टोलीको आवश्यकता थियो र ? भन्ने हाम्रो प्रश्नमा प्रवक्ता दाहालले एसियाडको विषयमा त राखेपले कुनै जानकारी नै नगराएको बताउनुभयो । “आवश्यकता थियो थिएन राखेपलाई नै थाहा होला । यसविषयमा राखेपले मन्त्रालयसंग कोअर्डिनेसन गरेको मैंले देखिन प्रशासनिक हिसाबबाट…. हैन…अब कल्लाई लाने कल्लाई÷ नलाने कुरो ,कहाँ डिसिजन हुन्छ भन्ने कुरा वास्तवमा ‘वि डन्ट नो ….मैंले ईमान्दारिताकासाथ भन्नुपर्ने हुन्छ के .. त्यसकारण मन्त्रालय र राखेपबिच पनि हामीले स्पष्ट कोर्अडिनसन देखेका छैनौं ।”
त्यसकारण पनि राखेपले किन यत्रो जम्बो टोली लग्यो भन्ने विषयमा मन्त्रालय जिम्मेवार नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
१९ औं एसियाली खेलकुद हुन्छ भनेर डेढ÷दुई वर्ष पहिले नै जानकारी भएको र कोराना कहरकाबिच प्रतियोगिताका लागि आवश्यक बजेट छुटयाएकोमा किन राखेपले खेलाडीहरुलाई आवश्यक तयारी गराएन भन्नेमा नै आफुहरुलाई आश्चर्य लागेको उहाँको तर्क छ । “यो त पोहोरै रोकिएको खेल हो प्रहारै जानकारी थियो । कोरोनाका कारण रोकिएको हो । त्यसलै हामीसंग प्रयाप्त समय थियो । फाईनान्सियल क्राएसिसबिच पनि नेपाल सरकारले उहाँहरुले मागेकै पैसा उपलब्ध गराएको हो तर खै उहाँहरुले त्यसलाई कसरी ह्यान्डलिङ्ग गर्नुभयो ? किन तयारी गर्नुभएन ? यो राष्ट्रिय परिषद् जिम्मेवारी हो ।” मन्त्रालयले एसियन गेमको लागि पहिल्यैदेखि कोअर्डिनेसन गरेको भन्दै राखेपकै कमजोरीले यस्तो अवस्था आएको दाहालले बताउनुभयो ।
राखेप खेलकुद मन्त्रालयकै निरिक्षणमा सञ्चालित निकाय होईन ? जानकारी नै गरेन भनेर पन्छिन मिल्छ त प्रवक्ता ज्यु ?
खेलकुद क्षेत्रमा फोहोरी राजनिति निकै हाबी भएको भन्दै दाहाले अन्तर्राष्ट्रिय प्रतियोगितालाई व्यक्तिगत स्र्वाथका रुपमा प्रयोग गरिएको संकेत गर्दै राखेपप्रति कटाक्ष गर्नुभयो । “हरेक क्षेत्रमा राजनिति यति हाबी भएको छ कि झन् खेलकुदमा राजनिति यति हाई छ कि यहाँहरुलाई नै थाहा होला..खेलाडी को लैजाने÷नलैजाने भन्ने मा खेलाडीको क्यापासिटि नहेरी राजनितिक रुपमा हेर्ने गरेको पाइएको छ । न न निष्पक्षरुपमा खेलाडी चयन गरिएको छ न त पारदर्शि रुपमा खेल व्यवस्थापक नै नियुक्ति गरिएको छ । जो खेलाडी मन प¥याछ उसैलाई लग्यो । मनपरि तवरले आफु निकटलाई व्यवस्थापक चयन ग¥यो । अनि कसरी खेलकुदको विकास हुन्छ ?”
खेलकुद मन्त्रालयकै गरिमामय पदमा बस्नुभएको व्यक्तिले यस्तो अभिव्यक्ति दिँदा सुहाउला त प्रवक्ता ज्यु ? स्वंम आफैले यति धेरै वेथिति देख्नुभएको रैछ ? त्यसोभए खै त वेथिति नियन्त्रणमा लाग्नुभएको ?
नितिगत हिसाबमा मन्त्रालयले जिम्मेवारी भए पनि कार्यगत हिसाबमा सम्पुर्ण जिम्मेवारी राखेपकै रहेको उहाँले स्पष्टोक्ति दिनुभयो ।
सम्पुर्ण जिम्मेवारी राखेपकै भए मन्त्रालय किन चाहियो त भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो “म त्यहि त भन्दैछु त.. यदि राखेपलाई मन्त्रालयसंगको कोअर्डिनेसन नै नचाहिने हो भने अथोरिटि बनाएर त्यसलाई छुट्याईदिए भयो । झन् राम्रो… गठन आदेशबाट छुट्टै अथोरिटि बनाईदि भयो ।”
राखेपले मन्त्रालयसंग नितिगत कोअर्डिनेशन त धेरै परको कुरा रहेको भन्दै राखेपले भएका निर्णयलाई समेत चोरबाटोबाट निर्णय गराइरहेको सहसचिव दाहालको आरोप छ । “शहभागितामुलक निर्णय प्रक्रियामा उहाँहरुले ल्याईरहनुभएको छैन । यो आज देखि होईन राष्ट्रिय खेलकुद परिषद्को उहिल्यैदेखिको शैलि हो । ”
यसो भन्न मिल्छ त प्रवक्ता ज्यु ? राखेप त यहाँहरुकै नियन्त्रणमा सञ्चालन हुने निकाय होईन ? सहकार्य गरेन भन्दै पन्छिने ? राखेपको अभिभावक मन्त्रालय होईन ? छोराछारीले सोध्दैनन् भनेर बा–आमाले पनि छोराछोरीको चासो राख्न छोड्छन् र ?
सहकार्य नै नहुने ÷खेलकुदको विकास नै गर्न नसक्ने हो भने खेलकुद मन्त्रालय त जनताको करको ठाडै दुरुपयोग गर्ने माध्यम मात्रै भएन र ?

English
MTV NEPAL MTVNEPAL


