एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा २१ करोड कहाँ खर्च भयो सरकार ?

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट भएको थियो । यसपटक नेपालबाट २ सय ५३ खेलाडीको शहभागिता रहेको थियो । इतिहासकै सबैभन्दा ठूलो टोली चिन पठाएको नेपालले एक रजत (कराते )र एक कास्य (महिला कबड्डी) गरि दुई वटा पदक मात्रै हात पा¥यो ।
हुनत यस पटक एसियाड प्रदर्शनमा केहि सुधार ग¥यो भनेर नेपाल मख्ख छ किनकी पछिल्ला तीन संस्करणमा हरेक पटक नेपालले एउटा मात्र पदक जितेको थियो । यसपटक विभिन्न २९ खेलका २ सय ५३ खेलाडी एसियाडको १९ औँ संस्करणमा शहभागी भएका थिए । यसपटक एसियाडको लागि राज्यकले २१ करोडको लगानि गरेको थियो तर त्यो लगानि के मा भन्ने प्रश्न पनि खडा भएको छ ।

विभिन्न अभाव र दबाबका बिच पनि जिल्ला,क्षेत्र,हँदै राष्ट्रिय स्तरमा च्याम्पियन बनेर एसियाड खेल्न पुगेका नेपालका खेलाडीको हौसलाको कमि भने थिएन ।
तर एसियाडमा किन सोचेअनुरुपको सफलता मिलेन ? आखिर नेपाल के कुरामा चुक्यो ? किन हरेक पल्ट एसियाड नेपाली खेलाडीका लागि भने प्रतियोगिता खेल्नमा मात्र सीमित रही आएको छ ?

यता राम्रो प्रशिक्षक तथा प्रशिक्षणको अभाव,खेलकुदमा राज्यको निरिहता,खेलाडिलाई आवश्यक खेल मैदान तथा प्रशिक्षण हलको अभाव ,सेवा सुविधाको कमि , मेहनतको उचित मुल्यांकन नहुँदा नहँुदै पनि हाम्रा खेलाडीले मरिमेटि राष्ट्रका नाम उच्च राख्न दिन रात लागि पर्दा नाम मात्रको लागी खेलकुदमा लागेकाहरुको लागि भने यस्ता अन्र्तराष्ट्रिय खेलहरु केवल वैदेशिक भ्रमणको मोह मेट्ने माध्यम मात्रै बनेका छन् ।

यो लय यसपटक पनि छर्लङ्ग भयोे । यसपटकको एसियाड पनि विवादले अछुतो रहन सकेन । यस हिसाबले पनि नेपाली खेलकुदको दुखद अवस्था र राज्यको लाचारीपन प्रष्टिएको छ । राज्यले यसैपनि खेलकुद क्षेत्रलाई उहिल्यै देखि हेप्दै आएको कुरा विधितै छ । त्यसैमा खेलकुदको नाममा फाहोरी राजनिति गर्नेहरुले पनि खेलकुदलाई माथि उठ्नै दिदैनन् ।
यसपटको एसियाड खेलकुदमा शहभागी टीमलाई लिएर पनि धेरै चर्चा परिचर्चाहरु भए जो हुनै पर्ने थियो । विशेषगरि नेपालबाट शहभागी खेलहरुका खेल व्यवस्थापक छनोटलाई लिएर यसपटकको एसियाड विवादिद रह¥यो । नरहोस् पनि कसरी त्यस्तो भद्रगोल जो थियो । यति सम्म कि यसपटकको एसियाड खेलकुदमा शहभागी हुन नाम कहलिएका सेलिबे्रटीले समेत खेलाडी तथा प्रशिक्षकले आफ्नो नाम,प्रतिष्ठा र खेल ईतियासलाई नै दाउमा राखेको देखियो । यसबाट पनि विदेश भन्ने बित्तिकै नेपालीहरु कती लालायित हुन्छन् भनेर प्रष्ट भयो । विदेश भन्ने बित्तिकै जुन खेल होस्, जुन पोष्ट होस् केहिको मतलव छैन बस् जान पाए भयो । राखेपकै कर्मचारी मात्रै होइन सम्बन्धित खेल बाहिरका व्यक्तिलाई पनि मनमौजि तरिकाले खेल व्यवस्थापकका रुपमा नियुक्ति गरेको पाईयो ।
अनि यस्तो गतिले कसरी पाउँछ देशले सफलता ? कम्तिमा पनि राज्यको ईज्जत जोडिएको कुरामा यस्तो नहोस् भन्ने सबैको अपेक्षा हो तर हुन्छ त्यस्तै । खेल जस्तो पवित्र अनि राज्यलाई विश्वसामु चिनाउने एक मात्र क्षेत्रमा पनि यस्तो विकृति छ अनि कसरी हुन्छ देशको ?

कुनै खेलाडीले सफलता हासिल गर्न खेल अघिको उस्को प्रशिक्षण , राम्रो व्यवस्थापकीय टिमको आवश्यकता हुने गर्दछ तर यहाँ खेलाडीले आफ्नो व्यवस्थापकलाई नै नचिन्ने अवस्था सृजना गरिएको छ । सम्बन्धित खेलको नामै नसुनेकालाई नै नियुक्ति गर्दा खेलाडीको मनोबल कस्तो बन्यो होला ? ध्यान दिएको छ कसैलै ? अहँ छैन । न त खेलाडीलाई आवश्यक पुर्व तयारीमै राज्यको ध्यान गयो बस खेलाडीले पदक ल्याउन सकेनन् भन्यो पन्छियो । कति सजिलो छ है नेपालमा खेलकुदको नाममा राजनिति गर्न …सम्बन्धित खेलकुद संघलाई समेत सुइँको नदिई राखेपले यसपटक खेल व्यवस्थापक चयन ग¥यो ।
किन यति धेरै लापरवाही ?

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद –६ मा नै संघ गठन र दर्ताको दफा अन्तर्गत खेल संघ स्थापना गर्न सकिनेको दफा (५) (घ) ले परिषद्को कर्मचारी वा प्रशिक्षक खेल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भन्ने प्रष्ट पारेको छ । तर पनि राखेपले मनपरि तवरले संघमा नरहेका र खेलको प्राविधिक र अन्तरिक पाटो नै नबुझेका कर्मचारीलाई व्यवस्थापक बनाएर चिन पठायो ।
यसमा जिम्मेवार को ? खेलकुद मन्त्रालयले निरिक्षण गर्नु पर्दैन?

राज्यको यस्तै निरिहताले अहिले दिनँहु खेलाडीहरु विदेश पलाएन भईरहेका छन् । यस्तै अवस्थाले बाँकी भएका खेलाडी पनि पलायन हुने निश्चित छ । त्यसैले खेलाडीलाई आफ्नै देशमा रोक्न र खेल क्षेत्रलाई बचाईराख्न सम्बन्धित सबैले ध्यान दिन जरुरी छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com