पछिल्लो समय नेपालमा रहेका बैंक तथा वित्तिय संस्थाहरुको एकपछि अर्को कर्तुत बाहिरिदै गएको छ । बैंक तथा बित्तिय संस्थाका कारण अहिले बचतकर्ता घर न घाटको अवस्थामा पुगिरहेको छन् ।
सोझासाझा सर्वसाधारणलाई जर्बजस्ति खाता खोल्न लगाई उनिहरुलाई लाखौं ऋणको भारी बोकाउने एनआईशी एशिया होस् की । एक ऋणीलाई जर्बरजस्ति गरि घरको न घाटको बनाउने सिटिजन बैंक ….
बचतकर्तालाई मुल्यांकनको १ प्रतिशत मात्रै ऋण दिने तर स्मार्ट सेल जस्तो ठग टेलिकम प्रदायक संस्थालाई भने मुल्यांकनकै ४६ गुणा बढी दिने नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक …
घरदैलोमै दिनदिनै पुगेर गएर उठाएको बचतकर्ताको बचत रकम लुटेर भाग्ने शहकारी हुन् की गाउँघरको उठिबास लगाउने लघुवित्त ..एक पछि अर्को कर्तुत बाहिरिदै गएको छ ।
यसै बिच नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको अर्को एक भयानक कर्तूत बाहिरिएको छ । यसबाट बैंकहरुको दादागिरि केवल सर्वसाधारणमा मात्रै सिमित छैन भन्ने प्रष्ट भएको छ । बैंकिङ क्षेत्रमा आफु निकट कर्मचारीलाई भने मनपरि सेवासुविधा दिने तर अन्य कर्मचारीलाई भने तल्लो स्तरको दर्जा दिईन्छ भन्ने त सुन्दै आएको कुरा हो तर कर्मचारी माथी बैंकहरुको शासन कतिसम्म छ भन्ने कुरा अहिलेको घटनाले पुष्टि गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख (बिएम) निराजन देवकोटा बैंककै टर्चरका कारण आत्महत्या गर्न बाध्य भएका छन् । प्रहरीका अनुसार देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गेरेका हुन् ।
उनि निकट श्रोतका अनुसार हेटौंडा शाखाबाट प्रवाहित कर्जाको विषयमा इन्भेस्टमेन्ट बैंक केन्द्रीय कार्यालयका लाइन म्यानेजरहरुले पटक दबाब दिने गरेका थिए । पटकपटकको दबाबका कारण उनि अत्यन्तै तनावमा थिए । सोहि तनाव सहन नसकेर काठमाडौंबाट हेटौडा जाने क्रममा धादिङ घाटबेसीको पुलबाट त्रिशूलीमा हाम फालेर आत्महत्या गरेका उनको शव अहिलेसम्म भेटिएको छैन ।
उनि त केवल एक प्रतिनिधि पात्र हुन् । बैंकिङ क्षेत्रमा यस्ता धेरै कर्मचारी बैंकको यस्ता टर्चरको शिकार हुने गरेका छन् । विशेषगरि यो ईन्भेष्टमेन्ट मेगा बैंकका धेरै कर्मचारीले यस्तो समस्या भोग्न बाध्य भएका बैंककै कर्मचारीले बताएका छन् । बैंक मर्जर पक्रियामा गएपछि मेगा बैंकबाट आएका शाखा प्रमुखहरूलाई कर्जा दिँदा घुस खाएको भन्दै स्पष्टीकरण माग गर्ने, मानषिक टर्चरसंगै पटकपटक विभिन्न धम्कि दिने गरेको पाईएको हो । कति कर्मचारीले यस्तो टर्चर सहन नसकी राजीनामै दिएर बैंक छोडेका बैंकका अन्य कर्मचारीले बताएका छन् ।
यस विषयमा बुझ्न हामीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका केन्द्रिय अध्यक्ष पृथ्वी बहादुर पाण्डेलाई सम्पर्क गर्ने कोशिस ग¥र्यौ तर उहाँ सम्पर्कमा आउन चाहानुभएन । राष्ट्र बैंकको त के कुरा गर्नु र झन् । बैंकिङ क्षेत्रमा जति नै वेथिति बढोस् । राष्ट्र बैंक संधै मौन बनेर बस्छ ।
यसबाट नेपालको बैंकिङ क्षेत्रमा अर्काे घातक निति सल्बलाएको प्रष्ट छ । यसको मुख्य कारण हो नेपालको अर्थतन्त्र नै अंगिकृत माडेहरुको हातमा पार्नु … तथ्यगत रुपमा हेर्ने हो भने नेपालका अधिकाशं बैंक तथा वित्तिय संस्थामा अंगिकृत व्यापारिक घरानाकै लगानि छ । सर्वसाधारणको पैसामा रजाँई गरि आफ्नो व्यापार विस्तारलाई बढाउने उद्देश्य पुर्ति गर्न उनिहरुले आफु निकट कर्मचारी मात्रै बैंकको उच्च पदमा नियुक्त गर्ने गर्छन् । यस हिसाबले प्रायः बैकहरुमा नेपालीहरुलाई सामान्य दर्जाको कर्मचारीका रुपमा मात्र राखिएको हुन्छ । यसरी माथिल्लो पोष्टमा पुगेका कर्मचारीलाई पनि अनावश्यक तनाव दिँदै बैंक छोड्न बाध्य बनाउने निति उनिहरुले शुरु गरेका छन् । ती अंगिकृत घरानाले कुनैपनि तवरले नेपालको अर्थतन्त्रमा नेपालीको वर्चश्व नहोस् र नेपाली जनता केवल सामान्य कामदारका रुपमा मात्र स्थापित हुन् भन्ने चाहान्छन् ।
अझंै पनि नागरिक सचेत नहुने हो भने र सरकारले यस तर्फ ध्यान नदिने हो यस्ता कयौं अप्रिय खबरहरु बाहिरिदै जानेछन् । नेपाललाई सिध्याउने ति अंगिकृतहरुको खेल सफल हुनेछ ।।

English
MTV NEPAL MTVNEPAL


