प्रदेश ६ को नाम कर्णाली राखिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गरेका हुन् । प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत छ । अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए । सांसद कँडेलको प्रस्स्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएका हुन् ।

English
MTV NEPAL MTVNEPAL


