प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ‘ माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा डा गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चङ्गुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध मात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताउनुभयो । कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com