संसद् भवनका लागि महानगरले जग्गा उपलब्ध गराउने

प्रदेश नम्बर १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।

महानगर परिषद्को बोर्ड बैठकले विराटनगर–८ स्थित हाट खोला मैदानमा संसद् भवन निर्माण गर्न डेढ विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
हाल प्रदेश नम्बर १ को संसद् बैठक जिल्ला समन्वय समितिको हलमा बस्दै आएको छ ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले तत्काल संसद भवनका लागि संसद् सचिवालयलाई हाट खोलाको जग्गा उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।

हाट खोलाको सार्वजनिक जग्गा सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com