इङ्गलिस प्रिमियर लिगमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् ।

लिग अन्तर्गत गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४÷१ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई १÷० ले हराउँदा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई २÷१ ले तथा ब्राईटनले स्वान्सी सिटीलाई ४÷१ ले पराजित गरे ।

लेष्टर सिटी र स्टोक सिटी तथा बर्न्ले र साउथह्याम्पटनले १÷१ गोलको बराबरी खेल्दा बर्नमाउथ र न्युकासल युनाईटेड २÷२ गोलको बराबरीमा समेटिएका छन् ।

प्रिमियर लिग फुटबलमा आज क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर तथा म्यान्चेस्टर युनाईटेड र चेल्सी भिड्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com