१३ फागुन, काठमाडौं । लुइस स्वारेजको ह्याट्रिक सँगै स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६÷१ गोल अन्तरले हराएको छ । बार्सिलोनाकै जितमा लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपेपछि बार्सिलोना ६÷१ ले विजयि भएको हो ।
खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बार्सिलोनाका लागी मेस्सीले ३० र ३६ मिनेटमा दुई गोल गरे भने स्वारेजले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफ सुरु भएपछि ६६ औं मिनेमा कोन्टिन्होले र ७६ औं मिनेटमा स्वारेजले हृयाट्रिक पूरा गरे ।
यो सिजनको ला लिगामा २२ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा र २० गोल गरेका स्वारेज दोस्रो नम्बरमा छन् ।

English
MTV NEPAL MTVNEPAL


