प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आज बिहान भेटवार्ता भएको छ । भेटमा प्रचण्डले रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने जानकारी दिएका छन् ।
यो सगै नयाँ सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ ।
भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । मन्त्रीहरूको अरू नाम भने गोप्य राखिएको छ ।
यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए ।

English
MTV NEPAL MTVNEPAL


