राष्ट्रिय

अन्तरिम विधान बनाउन वाम गठबन्धन बैठक बस्दै

वाम एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक अहिले केहिबेरमा बस्दैछ । दिउँसो साढे १२ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अन्तरिम विधान निर्माणको लागि कार्यतालिका निर्माण गरिन कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए । २५ गतेभित्र एकिकृत पार्टीको लागि अन्तरिम विधान बनाएर ...

Read More »

सांसद् शाहीलाई राजीनामा फिर्ता लिन एमालेको निर्देशन

प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीले गत साता राजिनामा दिएका थिए । तर,पार्टि कार्यालयले उनलाई राजिनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै ...

Read More »

Breaking News : थप ४ जनाको मन्त्रालय टुंगो लाग्यो

एमाले र माओवादीबाट मन्त्री हुनेमध्ये ४ जनाको नाम टुंगो लागिसकेको छ । जसमध्ये गृहमन्त्रीमा रामबहादुर थापा, अर्थ मन्त्रीमा युवराज खतिवडा, उद्योगमन्त्रीमा मातृका यादव र ईश्वर पोख्रेल रक्षामन्त्रीमा सहमति जुटेको छ ।अन्य मन्त्रीको बारेमा केही बेरमा जानाकारी हुने बताइएको छ ।  प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको सपथ आजै गराउने तयारी गरिरहेका छन् ...

Read More »

‘कांग्रेस महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने’

गान्धीवादी नेता महेन्द्रनारायण निधीको ९६ औँ जन्मजयन्तिका अबसरमा नेपाली कांग्रेसले  जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  वैतडीमा भोली सम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजनामा भएको हो । प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाका कोषाध्यक्ष तथा वैतडीमा रहेका नेपाली कांग्रेस र उसका भ्रातृ तथा सुभेच्छुक ...

Read More »

सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने सरकारको तयारी

छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको हो । भोलिबाट हेल्थ डेस्क सञ्चालन गर्ने कार्यक्रम अनुसार नै अहिले प्रधानमन्त्री ...

Read More »

आज ४ बजे मन्त्रीहरुको शपथ ग्रहण हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । ...

Read More »

जनार्दनलाई उर्जा मन्त्रालयको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको स्रोतले जनाएकोे छ । माओवादीनिकट स्रोतका अनुसार मन्त्रीको नामवली अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेका छन् । प्रचण्डले बुझाएको लिस्टमा माओवादीका तर्फबाट गृह मन्त्रालयसहित महासचिव रामबहादुर थापा ‘बादल’ले सरकारमा नेतृत्व गर्ने भएका छन् । त्यस्तै काठमाडौं ...

Read More »

विना मगर माओवादी बाट मन्त्रि बन्ने संभावना

माओवादी केन्द्रले प्रचण्डकी बुहारी विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । विना कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले निर्णय गरेको थियो । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ । ...

Read More »

फरार रेशम चौधरीले आत्मसमर्पण गरे

प्रतिनिधिसभा निर्वाचनमा विजयि भएका सासंद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्दै फरार रहेका चौधरी जिल्ला अदालत कैलालीमा हाजीर भएका छन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर ...

Read More »

पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी

पुतलीसडकमा रहेको सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान करिब पौने १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीव ५० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com