छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।
सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको हो ।
भोलिबाट हेल्थ डेस्क सञ्चालन गर्ने कार्यक्रम अनुसार नै अहिले प्रधानमन्त्री कार्यालयद्वारा कोठा खोजीको काम तीव्र गतिमा भइरहेको स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले जानकारी दिनुभयो ।
सिंहदरबारमा करिब छ हजार कर्मचारी कार्यरत छन् । स्वास्थ्य परीक्षणको नाममा कार्यालयबाट बाहिरिने क्रम बढेपछि सरकारले बाध्य भएर उक्त डेस्कको स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


