भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले नेपालमा रेल ल्याउने कुरामा भारत अत्यन्तै सकरात्मक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय नेताले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यस्तो बताएका हुन् । साथै उनले नेपाल भारत बीचको सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकको समृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह इपिजीका भारतका संयोजक कोस्यारीले भने , “प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।” उहाँले संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी व्यक्त गरे ।
नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै भने, “भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै हो ।” कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।
।
उहाँले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको बताए । कोस्यारीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


