पुपुवा न्यु गिनी र जापानमा शक्तिशाली भूकम्प

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएतापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार विहान सवेरै १ः२८ मा गएको थियो । जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन । यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com