‘कांग्रेस महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने’

गान्धीवादी नेता महेन्द्रनारायण निधीको ९६ औँ जन्मजयन्तिका अबसरमा नेपाली कांग्रेसले  जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  वैतडीमा भोली सम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजनामा भएको हो । प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाका कोषाध्यक्ष तथा वैतडीमा रहेका नेपाली कांग्रेस र उसका भ्रातृ तथा सुभेच्छुक संस्था, गाउँ पालिका प्रमुख उप प्रमुख लगाएतको सहभागिता रहेको छ ।  अब बस्ने केन्द्रिय समितिको वैठकमा चुनावी समिक्षाबारे छलफल हुने बताउँदै त्यसपछिको महासमितिमा पनि छलफल हुने जानकारी दिनुभयो । महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने जानकारी दिँदै संघिय प्रणाली अनुसार नेपाली कांग्रेसको संगठन ढाँचा तयार हुने पनि बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले महेन्द्र नारायण निधिकै देनका कारण सशस्त्र आन्दोलन छाडेर नेपाली कांग्रेस अहिंसावादी आन्दोलनमा आएको प्रष्ट पार्नुभयो ।  नेपाली कांग्रेसले राजनीतिक प्रणाली जोगाउन पनि चुनाव गराएको प्रष्ट पार्दै चुनाव गराउँदा पार्टीको भन्दा जनताकै जित भएको उल्लेख गर्नुभयो ।  उहाँले चुनाव नभएको भए अहिले सम्मको परिवर्तननै धरापमा पर्ने तर्फ संकेत गर्दै चुनावले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगिएको बताउनुभयो । नेपाली कांग्रेसको विषयमा बताउँदै नेता निधीले चुनावमा भएको पराजयको समिक्षा गरेर अगाडी बढिने जानकारी दिनुभयो । चुनावमा भएको अनुशासन हिन गतिविधिको विषयमा देशभरबाट रिपोर्ट संकलन भइरहेको बताउँदै आवश्यक परे केन्द्रिय प्रतिनिधि पनि खटाइने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस वैतडीका सभापति नरेन्द्र सिंह थापा, सचिब विरबहादुर विष्ट, पूर्वमन्त्री नरबहादुर चन्द, नुवाकोट कोषाध्यक्ष महेन्द्र थिङ, महिलासंघ वैतडी सभापति देवी ठगुन्ना लगाएतले संवोधन गर्नुभएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com