निरन्तर ओरालोमा नेप्से परिसूचक

नेप्से परिसूचक निरन्तर आरालोतर्फ लागिरहेको छ । सोमबार एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवा परिक्षण गर्न सक्ने सम्भावना रेखाचित्रले देखाउँछ । यद्यपी यसअघि बजार बढ्ने क्रममा केही घट्दा यी विन्दुमा टेवा परिक्षण गरेर लगातारजसो वृद्धि सहित १६ सय १० विन्दुसम्म पुगेको थियो । यही कारण हाल नेप्सेले खोजेको टेवा धेरै बलियो भने साबित नहुन सक्छ । हाल केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा कायम रहेको सीमा तोड्ने बताइरहँदा यसको प्रभाव पनि बजारमा पर्न सक्छ । हाल मुद्दति निक्षेपमा अधिकत्तम ११ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ ।

बजार बुधवार एकोहोरो घट्दा कारोबार रकम भने बढेको छ । यसले घट्दो बजारमा सेयर खरिद गर्ने क्रम बढेको संकेत गरेको छ । सम्भवतः सोमबार नयाँ अर्थमन्त्री नियुक्त हुने भएका छन् । अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आउने चर्चाले लगानीकर्तामा केही आशा जघाउन सक्छ । यद्यपी अर्थमन्त्रीको रुपमा चर्चा भइरहेका डा. युवराज खतिवडा सेयर बजारमा हुने असन्तुलित कारोबार, खेलोफड्को प्रति अनुदार मानिएकोले अल्पकालिन रुपमा यसको प्रभाव भने रहनसक्छ । यद्यपी, दिर्घकालमा अर्थतन्त्रलाई लाभ हुने काम हुनेमा केही लगानीकर्ताहरु पनि आशावादी भने छन् । बजारमा रहेका सबै समूहगत परिसूचक घटेका छन् । ७० प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १० करोड रुपैयाँको सेयर खरीदबिक्री भएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com