पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी

पुतलीसडकमा रहेको सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान करिब पौने १० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करीव ५० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय खटिएका थिए ।

आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको एकरएक गरी सातवटा दमकलको प्रयोग भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com