नायक आशिरमान र नायिका शिल्पाको ‘ब्रेकअप’

हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म ‘ब्रेकअप’को यही फागुन २५ गतेदेखि छायाँकन सुरु हुने भएको छ ।
रोहित अधिकारी फिल्मस् र हेप्पी प्लानेट फिल्मस्को संयुक्त ब्यानरमा बन्ने फिल्म ब्रेकअप का सम्पूर्ण कलाकारहरु तय भएका छन् ।

‘ब्रेकअप’मा नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के सँगै अभिनेता सरोज खनाल, नायक रेमनदास श्रेष्ठ, सलोन बस्नेत र इच्छा कार्की मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

फिल्मको ५० प्रतिशत छायाँकन पर्यटकिय नगरी पोखरा र बाँकी छायाँकन अष्ट्रेलियामा गरिने निर्माता अधिकारीको भनाई छ । नरेन्द्र मैनालीले खिच्ने फिल्ममा विशेष पाण्डे, बिराज गौतमको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ । फिल्ममा रोहित अधिकारी सँगै दीपक खतिवडा, रेनु राणा र रुपक थापाको लगानी रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com