नेपालकै सर्वाधिक लोकप्रिय लोक दोहोरी कार्यक्रम ईन्दे्रणीको टिममा केहि फेरबदल भयो …। नयाँ अनुहारलाई पनि मौका दिनुपर्ने हेतुले कार्यक्रम व्यवस्थापन टिमले पुराना केही कलाकार तथा कर्मचारीलाई पनि हटायो । त्यसमा सवारी चालक पनि थिए ।
त्यसपछि शुरु भयो कृष्णको कृष्ण लिला भन्दै अनेक प्रचार …. टिमबाट बाहिरिएका कर्मचारीले शुरुमा आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकबाट व्यक्त गरेका थिए । त्यतिले पनि नपुगेपछि ति कर्मचारीले पत्रकार सम्मेलननै गरेर ईन्दे्रणी टिमप्रति अझं भनौ विशेषगरि कार्यक्रमका संस्थापक तथा प्रमुख सञ्चालक कृष्ण कँडेलप्रति निकै आक्रोश पोखे । कँडेलले आफुहरुमाथि अन्याय गरेको उनिहरुको धारणा थियो । अन्यायमा परें भन्नेमा ईन्द्रेणीबाटै निकै चर्चित बनेकी गायीका शर्मिला श्रष्ेठ पनि एक हुन् । उनले आफु आर्थिक रुपमा मात्रै नभई शारिरिक रुपमा समेत शोषणमा परेको रुंदै रुंदै बताउनसम्म भ्याईन । उनले सञ्चालक कँडेलले आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाएकि छन् । शर्मिला श्रेष्ठले कँडेलले आफूलाई मात्र नभई वाद्यवादक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनलाई पनि अन्याय गरेको बताएकी थिइन् ।
ईन्दे्रणीबाट हटाईएका यी कलाकार तथा कर्मचारीको प्रेसमिट पछि के थियो र ? नेपाली सञ्चार माध्यमलाई अरु समाचार सम्पे्रशण गर्न टाईम नै मिलेको छैन । सामाजिक सञ्जालका भित्ताहरु दुई तर्फि रुपले तातिएको छन् । कसैले कँडेलले साँच्चै अन्याय गरेको भनिरहका छन् भने केहिले ती आरोपहरु कृष्ण कँडेललाई फसाउने षड्यन्त्र मात्र रहेको बताएका छन् । कँडेल जस्तो व्यक्तिलाई यसरी फसाउन खोज्नु नै नेपालको अब दुरदसा निम्तिएको संकेत रहेको ति पक्षको धारणा छ । नेपालमा कुनै पनि क्षेत्रमा सफल हुने बित्तिकै ति व्यक्तिलाई फसाउने खेलो शुरु हुने ट्रेन्ड चलेको केहिको भनाँई छ ।
कृष्ण कँडेलले कार्यक्रम ईन्दे्रणी मार्फत दीनदुखीलाई सहयोगको अभियान चलाईरहेका छन् । लाखौं दर्शक माझ उनले भगवानको छवि बनाएका छन् । त्यसैले पनि उनलाई गिराउन खोजिएको एक पक्षको आरोप छ ।
यता सामाजिक सञ्जालसंगै सञ्चार माध्यममा यस विषयलाई लिएर चर्चा परिचर्चा चुलिँदा कँडेलले पनि पत्रकार सम्मेलन गर्दै आफूले कुनै पनि कलाकार तथा कर्मचारीमाथि शोषण वा दुव्र्यवहार नगरेको बताए ।
गायीका शर्मिला श्रेष्ठले लगाएको यौन हिंसा को आरोपबारे बोल्दै उनले ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको भन्दै प्रतिप्रश्न गरेका छन् । उनले भने, ’यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान दाइ’ भन्दै ढोग गर्नुभएको थियो ।‘अहिले म राक्षस कसरी भएँ ?
कँडेलले आफूले गल्ती गरेको भए कानुनी बाटो समातेर जेल हाल्नसमेत अनुरोध गरेका छन् । जहाँसम्म आर्थिक चलखेलको कुरा छ आफूलाई प्राप्त सहयोगको सबै हिसाबकिताब स्पष्ट राखेको पनि उनले बताए । ‘मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गरेको छैन’ ।
कृष्ण–शर्मिला प्रकरण यतिमै सिमित भएको छैन । झन् लम्बिने देखिएको छ । केही महिना यतादेखि नै सुरु भएको कलाकार शर्मिला श्रेष्ठसँगको विवादमा सञ्चालक कृष्ण कँडेल काठमाडौं जिल्ला अदालत पुगेका छन् । कँडेलले शुक्रबार शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् । आफ्नो मान प्रतिष्ठामा यस प्रकरणले गम्भिर प्रभाव परेको भन्दै उनले आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।
कृष्ण कँडेल माथी लागेको आरोप साँचो हो या झुटो त्यो त कानुनी प्रक्रियामा गएपछि पत्ता लागि नै हाल्छ । यद्यपी ईन्द्रेणीका पुर्व कलाकार तथा कर्मचारीले लगाएको आरोप भने अहिलेसम्म आरोप मैै सिमित छ । किनकी कोहिले पनि प्रमाणसहित बोलेका छैनन् । यसले पनि कँडेल प्रशंसकहरुको विश्वास अझैं मरेको छैन ।
पछिल्लो समय नेपालमा चर्चित तथा सबैको मनमुटुमा बस्न सफल व्यक्तित्वहरुलाई नै यस्ता आरोप लगाउँदै फसाउने टे«न्ड बनेको छ । यसले गर्दा पनि कँडेललाई फसाउने मेसो गरिएको दर्शकको अनुमान छ । नायक पल शाह, क्रिक्रेटर सन्दिप लामिछाने पछि लोक संगित संरक्षणको अभियानमा दिनरात खटिईरहेका कँडेललाई एकै खालको आरोप लागेको छ । आखिर किन ?
नेपालको महिलामैत्री कानुनको असर त होईन ? पहिले पहिले सामाजिक रुपमा महिलालाई पिडित मान्ने गरिएपनि पछिल्लो समय नेपालको कानुनले महिलालाई कानुनी रुपमा निकै नै बलियो बनाएको छ । पुरुषको तुलनामा महिलाका लागि धेरै कानुन बनेका छन् । नेपालको संविधानमा महिलालाई यति धेरै अधिकार तथा प्रशय दिईएको छ त्यो त पछिल्ला समय सार्वजनिक भईरहेका घटनाहरुले नै पुष्टि गरिरहेका छन् ।
महिलाका निम्ति कानुन बन्नु राम्रो हो बन्नु पर्छ तर सोही कानुनको दुरुपयोग भएर समाजमा विकृति फैलदा के गर्ने ? त्यो सोच्नुपर्छ कि नाईं ? हरेक घटनामा पुरुष नै पिडक हुने ? महिला के पिडित नै हुन्छन् त संधै ? यौन दुव्र्यवहार सम्बन्धि नेपालको कानुन यति महिलामैत्री छ कि कुै नगरौं ….हो त्यहि कानुन माथी टेक्दै अहिले केहि नेपाली महिलाहरुले समाजलाई नै र्दगन्धित बनाईरहेका छन् ।
नेपालको सामाजिक सद्भाव नै बिथालिँदै गएको छ । यतिसम्मकि श्रीमान श्रीमतिबिचको शारिरिक सम्बन्धले पनि अहिले बलात्कारको नाम पाएको छ । अब के होला सोच्नुस् त एकपटक ? अब त महिला पुरुषबिच सामान्य बातचितसम्म नहुने अवस्था नेपाली समाजमा निम्तिने देखिएको छ । कोहि महिलासंग बोल्यो कि कुनै दिन बलात्कारको आरोप लगाईदेलान भन्ने डर .. अब त मान्छे नै मान्छेसंग डराउनुपर्ने स्थिति नेपाली समाजमा देखिएको छ । महिलामैत्री नेपालको कानुनले संधै महिला मात्रै पिडित , महिलाको मात्रै गोपनियताको हक , महिलामात्रै सामाजिक तथा शारिरिक रुपमा प्रभावित हुन्छन् भन्ने पुष्ट्याईंले बिना कारण नियतबस् यस्ता आरोप खेप्न बाध्य निर्दोष पुरुषले आत्महत्याको बाटो रोज्न बाध्य बनाएको छ ।
कानुन सबैलाई बराबर हुने भए यस्ता घटनामा पुरुषका लागि कानुन खोई ? श्रीमानद्धारा श्रीमती बलात्कृत हुन्छन् भनेर लेखिंदा श्रीमतिद्धारा श्रीमान पनि त बलात्कृत हुन सक्छन् भन्ने कुरा कानुनमा किन लेखिएन ? हो… बलात्कार निकै नै जघन्य अपराध हो …कुनैपनि पनि बलात्कारीलाई कानुनले यसै उम्किन दिनु हँुदैन । तर के आफै केटोको हात समाउँदै हाँसी हाँसी आफुखुशी होटलको बेडसम्म पुगि ओछ्यान तत्याउने युवतिले त्यसको कयौं वर्षपछि बलात्कारको आरोप लगाउँदा त्यो पनि बलात्कार हुने ? त्यस्तो पनि हुन्छ ? मन मिले चमत्कार नमिले बलात्कार ?

English
MTV NEPAL MTVNEPAL


