Author Archives: MTV NEPAL

न्यूयोर्कमा आगलागी हुँदा, १२ जनाको मृत्यु

न्यूयोर्क, पुस १४ । अमेरिकाको न्यूयोर्कमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । अहिले अपार्टमेन्ट खाली गराइएको छ ...

Read More »

राष्ट्रपति र प्रधानमन्त्रि बिच भेटवार्ता, के होला अध्यादेश बारे निर्णय

१४ पुस, काठमाडौं । कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुग्नुभएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा परामर्श पश्चात् पुनः बैठकमै फर्किनुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गर्नुभएको थियो । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उहाले प्रधानमन्त्री देउवालाई शितल ...

Read More »

 माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत अनुमान भन्दा बढ्ने

१४ पुस, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । यसरी हेर्दा आयोजनाको लागत ०६६ सालमा अनुमान गरिएको ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको छ । २०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण ...

Read More »

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको  छ । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा ...

Read More »

२५ हजार कर बुझाउन ६० हजार खर्च

विभिन्न व्यापार व्यवसाय गर्दै आएका जिल्लाका सयौं व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको बताएका छन्। ‘जिल्लामा राजश्व बुझाउने कार्यालय छैन’, स्थानीय व्यापारी बलबहादुर रोकायाले भने, ‘वर्षभरिको कर २५ हजारदेखि ३५ हजार हुन्छ। कर तिर्न धनगढी जानुपर्छ।’  जिल्लामा अनुमतिप्राप्त मदिरा व्यवसायीबाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन। जिल्लामा भ्याट बिल ...

Read More »

अन्ततः रानीपोखरी पुनर्निर्माण स्थगन

चौतर्फी विरोधपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण स्थगन गरेको छ । पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण थालेपछि स्थानीयवासी, सम्पदाकर्मी, पुरातत्त्व विज्ञलगायतले विरोध गरेका थिए । महानगरका मेयर, पुरातत्त्व विभागका महानिर्देशक, पुनर्निर्माण प्राधिकरणका सचिव, सम्पदा विज्ञलगायतको बिहीबारको बैठकले ‘अर्काे निर्णय नभएसम्मका लागि पुनर्निर्माण रोक्ने’ निर्णय गरेको हो । रानीपोखरीलाई प्रताप मल्लले बनाएकै शैली, स्वरूप ...

Read More »

अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी

पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपति जोसेफ बोकाइलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्र्वाचित भएका हुन् । ९८ प्रतिशत मत खसेको उक्त चुनावमा जर्जले ६१ दशमलब ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाउ दिएको छ । विजय पछि उनका समर्थक हरु  विजय ...

Read More »

पक्राउ परेका रोयटर्सका दुई पत्रकारलाई म्याद थपको आदेश

म्यानमार, पुस १३ । समाचार संकलनका क्रममा पक्राउ परेका रोयटर्सका दुईजना संवाददातालाई थप दुई साता हिरासतमा राखेर अनुसन्धान गर्न म्यानमार अदालतले स्वीकृत दिएको छ । म्यानमारमा रोहिंग्या मुस्लिम समुदायका बारेमा निरन्तर समाचार संकलन गरिरहेका उनीहरुलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । रोहिंग्या मुस्लिमहरुको समर्थनमा र सरकारको ...

Read More »

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित, आफ्नै कीर्तिमान तोडियो

लन्डन, पुस १३ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो ...

Read More »

भारतिय नागरीकको हत्या , ५ जना पक्राउ

१३ पुस, काठमाडौं । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको छ । मदिरा सेवन गरेका होटलका कर्मचारी र भारतीय नागरिकबीचको विवाद बढेपछि गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com