काठमाडौं, माघ ३ । आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ् एक्स्पो हुने भएको छ । “राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ” भन्ने नाराका साथ पहिलो बैंकिङ् एक्स्पो हुने भएको हो । नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । एक्स्पोमा ...
Read More »Author Archives: MTV NEPAL
हेर्नुहोस् रवीन्द्र मिश्र र गगन थापाको चुनावी खर्च
माघ-काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका ...
Read More »इतिहास खोज्दै एमाले महासचिव किन पुगे सत्यमोहनको निवासमा ?
“उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भन्नुभयो, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।” जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ ...
Read More »सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था हुने
रुकुमको आठविसकोट नगरपालिकाले सुत्करीलाई निशुल्क रुपमा एम्बुलेन्सको सुविधा उपलब्ध गराउने भएको छ । वर्षेनी सुत्केरीको समयमा स्वास्थ्य चौकी नपाउदा अकालमै मृत्यु हुने भएकोले त्यस्तो समस्या पुनः नहोस् भनेर एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जनाउ दिएका छन् । एम्बु्लेन्सको सुविधा भएपछि धेरै महिला स्वास्थ्य चौकीमा पुगेर सुरक्षित गर्भधान ...
Read More »सर्वाधिक राशिको खप्तड गोल्डकपबाट पौने १९ लाख आम्दानी
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, माघ ३ । गत पौष २१ बाट धनगढीमा सुरु भएको दोस्रो संस्करणको खप्तड गोल्डकप सम्पन्न भएको छ । यो प्रतियोगीताबाट १८ लाख भन्दा बढी आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ ...
Read More »विप्लव र वैद्यको पार्टी एकता हुने कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जाने तयारी
अहिलेको माओवादी केन्द्रबाट अलग्गिएको पार्टी नेकपा क्रान्तीकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुसँग पार्टी एकता गर्ने भएको छ । मंगलबार र बुधवार बसेको पार्टीको स्थायी समितीको बैठकले अब विचार र सिद्धान्त मिल्दाजुल्दा पार्टीसँग एकता गरेर अगाडी बढ्नुपर्ने निष्कर्श निकालेको हो । नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व अहिले मोहन बैद्य किरणले गरेका ...
Read More »अमेरिकाले प्यालेस्टाइनलाई दिने सहयोगमा कटौती
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ३ । संयुक्त राष्ट्रसंघीय सहायता कोषमार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग अमेरिकाले कटौती गरेको छ । प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्र संघका अधिकारीहरुले भने ...
Read More »अज्ञात रोगका कारण सोलुखुम्बुको एक विद्यालयमा अध्ययनरत चार सय विद्यार्थी बिरामी
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, माघ ३ । सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञात रोगका कारण करिब चार सय विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीहरुमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता ...
Read More »प्रदिप र जसिताको रोमान्स कति रुचाइयो ?
राजधानीमा सोमबार दिउँसो एक कार्यक्रममा सार्वजनिक भएको चलचित्र ‘लिलिबिली’को गीतलाई युटुबमा रुचाइएको छ । मिलन चाम्स निर्देशित चलचित्रको ‘इज इट लभ’ बोलको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । सार्वजनिक भएको २ दिनमा करिब ७ लाख पटक हेरिएको यो गीत नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा समेत बस्न सफल भएको ...
Read More »राजधानी माग गर्दै दाङमा अनिश्चितकालीन बन्द घोषणा सडकमा नागरिक स्वत/स्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन्
प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण ...
Read More »
English
MTV NEPAL MTVNEPAL