बुधबार, ३ माघ, २०७४ मा प्रकाशित,
माघ ३ । गत पौष २१ बाट धनगढीमा सुरु भएको दोस्रो संस्करणको खप्तड गोल्डकप सम्पन्न भएको छ । यो प्रतियोगीताबाट १८ लाख भन्दा बढी आम्दानी भएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ लाख ७० हजार रकम संकलन भएको हो । उद्घाटनको दिनमा झण्डै ५ हजार बढी दर्शक थिए भने फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट बन्द नै गर्नुपरेको थियो ।
देशकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता सफल पार्न दर्शकहरुले साथ दिएपछि आयोजक उत्साहित भएका छन् । एक सय र एक सय ५० मुल्य पर्ने टिकट दर कायम गरिएकोमा अधिकांश टिकट एक सय रुपैयाँकै बिक्री भएको आयोजकले जानकारी दिएको छ । त्यसमा आयोजकले झण्डै ५ हजार वढी पासहरु निशुल्क वितरण गरेकोमा दैनिक ३ हजार बढीले खेल हेरेका थिए ।

English
MTV NEPAL MTVNEPAL


