पहिलो बैंकिङ् एक्स्पो राजधानीको भृकुटीमण्डपमा हुने

काठमाडौं, माघ ३ । आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ् एक्स्पो हुने भएको छ । “राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ” भन्ने नाराका साथ पहिलो बैंकिङ् एक्स्पो हुने भएको हो ।
नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।
एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, विकास वैंक तथा वीमा कम्पनीहरु, फाइनान्स कम्पनीलगायत सहभागि हुनेछन् । एक्स्पोमा करीब ७० वटा स्टल राखिने बताइएको छ ।
आम नागरिकको बैकिङ् पहुँच बढाउने र बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्ने तथा बैंकिङ् क्षेत्रमा भित्रिएका नयाँ प्रविधिवारे सर्वसाधारलाई जानकारी गराउन एक्स्पोको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
यसैगरी ई बैकिङ् एवं अन्य बैंकिङ् कार्ड तथा मोवाईल बैंकिङ् सेवाबारे पनि जानकारी गराउने एक्स्पोको उद्देश्य रहेको आयोजकहरुले जनाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com