प्रदिप र जसिताको रोमान्स कति रुचाइयो ?

राजधानीमा सोमबार दिउँसो एक कार्यक्रममा सार्वजनिक भएको चलचित्र ‘लिलिबिली’को गीतलाई युटुबमा रुचाइएको छ । मिलन चाम्स निर्देशित चलचित्रको ‘इज इट लभ’ बोलको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । सार्वजनिक भएको २ दिनमा करिब ७ लाख पटक हेरिएको यो गीत नेपालमा युटुब ट्रेन्डिङको पहिलो स्थानमा समेत बस्न सफल भएको छ ।
स्कटल्याण्डको रमणिय स्थानमा खिचिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र नवनायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई सुदिप बरालले खिचेका हुन् । विशेषगरि, भिडियोको दृश्यलाई खुबै रुचाइएको छ । वैशाख १४ गतेबाट रिलिज हुने चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले मिलेर बनाएका हुन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com