Author Archives: MTV NEPAL

बसको ठक्करबाट एक युवकको मृत्यु

गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा ...

Read More »

नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन

४ पुस । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईको अध्यक्षमा मनोज काउचा मगर चयन भएका छन् । गत १५ डिसेम्बरमा युएईको राजधानी अबुधाबीमा भएको चौथो अधिवेशनले काउचाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण समेत गरेका छ । मोर्चाको नयाँ समितिको उपाध्यक्षमा कमल पोखरेल, ...

Read More »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयले गरे अबरोध

४ पुस । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । क्रम संख्याको आधारमा मुआब्जा नदिई पैसा र पहुँचको भरमा मुआब्जा बितरण गरेको भन्दै स्थानीयले आयोजनाको निर्माणको काम अवरुद्ध गरेका हुन् । स्थानीयले बिमानस्थलको एक नम्बर गेटमा ताला लगाइदिएका छन् ।  अवरोधपछि ...

Read More »

साइबर क्राइममा उत्तर कोरिया सबैभन्दा बढी जिम्मेबारः अमेरिका

४ पुस । उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो । गएको मेमा भएको साइबर आक्रमणका कारण विश्वका एक सय ५० भन्दा बढी देशका तीन लाख भन्दा ...

Read More »

यू–१५ को खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुने

 बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा  नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ । ...

Read More »

शत्रु गतेको छायांकनमा हरिवंश र दीपाश्रीको रोमान्स

४ पुस । प्रदीपको भट्टराईको निर्देशन रहेको चलचित्रको गीत छायांकन गरिएको छ । जसमा हरिबंश आचार्य र दीपाश्री निरौला कलाकारका रुपमा देखिएका छन् । ‘रूपै मोहनी नारन रूपै मोहनी ’ बोलको गीतका लागि हरिवंश आचार्य र दीपाश्री निरौलाले स्क्रिन सेयर गरेका हुन् ।  चाबहिलस्थित समता अस्पतालमा प्रायस् फिल्मका मुख्य कलाकार ...

Read More »

बूढीगण्डकी निर्माणका लागि नेपालमै प्रयाप्त रकम

४ पुस । एक हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चाहिने रकमभन्दा करीब रू  १ खर्ब बढी उठ्न सक्ने देखिएको छ । बहुचर्चित १२ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि आवश्यक रकम भन्दा १ खर्व बढी रकम स्वदेशमै उठ्न सक्ने कुरा एउटा प्रतिवेदनले निष्कर्ष निकालेको छ । ...

Read More »

भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा नेपाल पदयात्रा हुँदै

२०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि ‘नेपाल पदयात्रा’ सुरु हुने भएको छ ।  २ वर्षअघि नेपालमा गएको महाभुकम्पबाट ज्यान गुमाएका व्यक्ति तथा परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि नेपाल पदयात्रा गरिने भएको छ । योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले पुस ११ गतेसम्म ...

Read More »

उच्चस्तरीय समितिले नयाँ स्वास्थ्य नीतिको मस्यौदा बुझायो (मस्यौदासहित)

४ पुस । संघीय संरचना अनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समिति नीतिको पहिलो मस्यौदा तयार पारेको छ। समितिले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति २०७४ को प्रारम्भिक मस्यौदा स्वास्थ्यमन्त्री दीपक बोहरालाई बुझाएको छ।  समितिले १९ पृष्ठको पहिलो मस्यौदा तयार पारेको हो। मस्यौदामा स्वास्थ्यका प्रमुख २४ वटा नीतिहरु राखिएको छ। नीति ...

Read More »

रेल दुर्घटना ६ जनाको निधन, सयौँ घाइते

रेलको डिब्बा राजमार्गमा खस्दा वासिंटनमा ६ जनाको मृत्यु भएको छ भने सयौँको संख्यमा घाइते भएका छन् । गुडिरहेको बेलामा लिकबाट फुत्किएर तल खस्दा उक्त दुर्घटना भएको हो  त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com