रेलको डिब्बा राजमार्गमा खस्दा वासिंटनमा ६ जनाको मृत्यु भएको छ भने सयौँको संख्यमा घाइते भएका छन् । गुडिरहेको बेलामा लिकबाट फुत्किएर तल खस्दा उक्त दुर्घटना भएको हो त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वासिङ्टन प्रहरीले जनाएको छ ।
रेलका कम्तीमा चारओटा डिब्बा तल राजमार्गमा खसेकोजस्तो घटनापछिको तस्वीरबाट अनुमान लगाउन सकिने अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्री हुन् । तर, तल सडकमा रहेका कसैलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेलको डिब्बा राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ ।

English
MTV NEPAL MTVNEPAL


